मोहन विक्रमकी ‘कान्छी’लाई एमाले–माओवादीले हराइदिने, चित्रबहादुर पनि धरापमा

प्यूठान । नेकपा (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले कान्छी पत्नीको मोह गरेका कारण राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई राजनीतिक रुपमा सिद्धाउने खेल गरेको खुलासा भएको छ ।

कान्छी पत्नी दुर्गा पौडेललाई सांसद बनाएर अगाडि बढाउने भित्री तयारी गरेपछि अध्यक्ष चित्रबहादुर केसीको राजनीति संकट धरापमा परेको हो । मोहनविक्रम सिंहले एमाले र माओवादीसँग मिलेर पत्नीलाई जसरी पनि जिताउने र चित्रबहादुर केसीलाई सांसद बन्न नदिने रणनीतिमा लागेको उच्च स्रोतको भनाइ छ ।

सिंहकी कान्छी पत्नी पौडेल प्यूठान जिल्लाबाट प्रतिनिधी सभामा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी छिन् ।

राष्ट्रिय जनमोर्चाको प्रभाव क्षेत्र प्यूठान र बागलुङ जिल्ला पर्छ । तर, महामन्त्री सिंहले पत्नी दुर्गाका लागि प्यूठान राखेर बागलुङ जिल्ला एमाले र माओवादी केन्द्रलाई छाडेका हुन् । दुर्गाले भन्दा पनि बागलुङमा चित्रबहादुर केसी प्रतिनिधी सभामा उम्मेदवार बनेको भए जित्ने धेरै हदसम्म ठाउँ थियो ।

प्यूठान जिल्लामा एमाले र माओवादी केन्द्रको समर्थनमा सिंहकी पत्नी पौडेलले जित्ने आसामा छिन् । एमाले र माओवादी केन्द्रले पौडेललाई भोट दिनेमा जनमोर्चाका नेताहरूले नै आशंका गरेका छन् । एमाले र माओवादीहरू पनि दुर्गा पौडेलप्रति सकारात्मक छैनन् ।

सिंहकी कान्छी पत्नी पौडेल जग्गा दलाली, विदेश पठाइदिन्छु भनेर ठूलो रकम उठाएको, आफ्ना दुई बहिनीलाई जर्मन पठाएको, सचिवालेमा आफ्ना मान्छेलाई मात्रै राखेको जस्ता आरोपहरू राष्ट्रिय जनमोर्चाका नेताहरूको छ ।

एमाले र माओवादी केन्द्रसँग वाम गठबन्धन गर्ने बेला पनि सहमति पत्रमा हस्ताक्षर गर्न महामन्त्री सिंहले चित्रबहादुर केसीलाई नपठाएर उपाध्यक्ष रश्मीराज पौडेल नेपालीलाई पठाएका थिए । यसले पनि मसाल र राष्ट्रिय जनमोर्चाभित्र विवाद रहेको नेताहरूको भनाइ छ ।

किन भने मसालले प्यूठानमा सशस्त्र द्वन्द्वका बेला माओवादीका नेता कार्यकर्ताको प्रतिकार गर्नुका साथै कुटपिट गरेर लखटेका थुप्रै उदाहरण छन् । एमालेका नेता तथा कार्यकर्तालाई पनि मसालको कार्यकर्ताले धेरै पटक कुटपिट गरेका थिए ।

प्यूठान जिल्लामा मसालका दिग्गज नेताहरू बोमबहादुर खत्री, कृष्णबहादुर खड्का र रणबहादुर खड्कालाई टिकट नदिएर महामन्त्री सिंहले कान्छी पत्नीलाई टिकट दिएर जिताउन आफै खटिएका छन् ।

मसालभित्रको आन्तरिक द्वन्द्वका कारण प्रतिनिधि सभा उम्मेदवार दुर्गा पौडेल ठूलो संकट परेको स्रोतले जनाएको छ । यसअघि पनि महामन्त्री सिंहले कान्छी पत्नी पौडेललाई समानुपातिक सांसद बनाएका थिए ।

Published : Saturday, 2017 November 18, 7:41 pm

7 प्रतिकृया प्राप्त “मोहन विक्रमकी ‘कान्छी’लाई एमाले–माओवादीले हराइदिने, चित्रबहादुर पनि धरापमा”

  • यो समाचार सिंगो पार्टी बिरुद्द र कमरेड केसी बिरुद्द र अहिलेको बाम तालमेलको पनि बिरुद्दमा भयको हुदा यस्ता समाचार हरुको भ्रम मा नपर्न सबैमा अनुरोद गर्दछु l

    • यो लेख बिरोधि ले आत्म सन्तुष्ट गर्न लाई लेखेको झुठो समाचार हो।

    • यो समचार सरासर गलत छ
      रा ज मो जस्तो गौरबसाली पार्टी ले कहिल्यै नाताबाद
      कृपाबाद गर्दैन

  • यो समाचार सिंगो पार्टी बिरुद्द र कमरेड केसी बिरुद्द र अहिलेको बाम तालमेलको पनि बिरुद्दमा भयको हुदा यस्ता समाचार हरुको भ्रम मा नपर्न सबैमा अनुरोद गर्दछु l

  • Yo kura sabai halla ho asko pachi na lagi glass ma vote hani jana morcha ka umadabar lai vijaya garaunu hola

  • पहिलो कुरा प्युठान को बामहठबन्घन द्वारा रामरेड दुर्गा दीदी लाई उठाएको पाटी लिडर को को हैसियत ले हो नकी मोहन जी को दुलाई भनेर होइन.यदि तेसो हो भनेत बाग्लुंग बाट चित्र बाहादुर सर को दुलाई लाई पनि उठाउनु प्रने ?प्युठान मा दुर्गा दी को जीत सुनिस्चित छ .बाम गठबन्धन सबै आआफ्नो ठाउमा इमानारि रुपमा लागेका छौ ..खास कुरा अहिले काग्रेस हारेको मानसिकतामा छ र अहले कांग्रेस जे पनि भन्न सक्छ .हामी तेता तिर जादैनौ .हाम्रो अभियान अहिले कांग्रेस लाई देसै भरिबाट हराउने नै हुनु प्रछ.स्मरण रहोस बामपंथिहरु संग हाम्रो निती एकता संघर्स एकता को नै हुनेछ .

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया