कांग्रेससँग हार्ने भएपछि भीम रावल भारतीय राजदूतको शरणमा, दश करोड पाएपछि खुसी

अछाम । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री भीम रावलले अछाम जिल्लाका प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेलाई बढुवा गर्ने आश्वासन दिएर आफ्नो पक्षमा प्रचार–प्रसार गर्न लगाएको खुलासा भएको छ ।

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीसँग गोप्य भेटवार्ता गर्दै आएका रावलले गृहजिल्ला अछाममा जनाधार गुम्दै गएपछि प्रहरी प्रमुख न्यौपानेलाई बढुवा गरिदिने लोभ देखाएर आफ्नो पक्षमा भोट माग्न लगाएका हुन् ।

‘जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपीसापले भीम रावललाई भोट हाल्न भन्नु भएको छ’, एकजना मतदाताले भने, ‘काम परेर प्रहरी कार्यालय पुगेको थिएँ । भीम रावललाई भोट हाल्ने भए काम बन्छ होइन भने बन्दैन भन्नुभयो ।’

आफूलाई निष्पक्ष भएको देखाउन चाहने प्रहरी प्रमुख न्यौपानेको यस्तो चर्तिकला बढ्न थालेपछि नेपाली कांग्रेस अछामका सभापति एवम् क्षेत्र नं. १ का प्रतिनिधी सभा उम्मेदवार भरतकुमार स्वाँरले न्यौपानेलाई आफ्नो मर्यादामा बस्ने चेतावनी दिएका छन् ।

तर, एमालेका उपाध्यक्ष रावलले विभिन्न प्रलोभनमा पारेर डिएसपी न्यौपानेलाई आफ्नो पक्षमा प्रचार प्रसार गर्न कर्याकर्ता जसरी खटाएको आरोप छ । रावलले चुनावी प्रचारमा झण्डै ५० जना सुरक्षाकर्मी लिएर हिँड्ने गरेका छन् । रावलले लिएर हिँड्ने सुरक्षाकर्मी देखेर मतदाताहरू समेत डराउने गरेका छन् ।

अछामका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले पनि एमाले उपाध्यक्ष रावलको पक्षमा खुलेआम भोट माग्दै हिँडेको स्थानीयको आरोप छ । रावलले चौधरीलाई पनि राम्रो स्थानमा सरुवा गरिदिने भनेर आश्वासन दिएको एमाले अछाम उच्च स्रोतले जनाएको छ ।

झण्डै दुई महिना अगाडि रिपोर्ट क्लव नेपालको साक्षत्कारमा एमाले उपाध्यक्ष रावल र नेपालका लागि भारतीय राजदूत मनञ्जिभ सिंह पुरी एउटै मञ्चमा सबेर धारणा राखेका थिए । सो कार्यक्रमको प्रमुख अतिथि भारतीय राजदूत पुरी थिए ।

उपप्रधानमन्त्री बनिसकेका एमाले उपाध्यक्ष रावललाई सहसचिवस्तरीय हैसियतका भारतीय राजदूत पुरीले कार्यक्रममा बोलाएर आफूभन्दा तल राखेर सम्बोधन गरेका थिए ।

भारतीय राजदूत पुरीले एमाले उपाध्यक्ष रावललाई अछाम जिल्लाबाट जसरी पनि जिताउनु पर्नेभन्दै उर्दिजारी गरेको खुलासा भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको गुटमा रहेका उपाध्यक्ष रावललाई जिताउन भारतीय राजदूत पुरीले १० करोड रुपियाँ निर्वाचन खर्च भनेर अछाम पठाएको स्रोतले जनाएको छ ।

भारतीय राजदूतावासले उपाध्यक्ष रावल र वरिष्ठ नेता नेपालाई जसरी पनि जिताउनुपर्छ भने आदेश जारी गरेको एमालेकै नेता राधाकृष्ण मैनालीले एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उल्लेख छ । सो अन्तर्वार्ताको रेकर्ड रिपब्लिका दैनिकसँग सुरक्षित छ ।

Published : Friday, 2017 November 17, 10:56 pm

3 प्रतिकृया प्राप्त “कांग्रेससँग हार्ने भएपछि भीम रावल भारतीय राजदूतको शरणमा, दश करोड पाएपछि खुसी”

  • किन प्रचण्ड आफ्नो छोराको मृत्युको छानबिन गर भन्छन्।आज भन्दा १६ बर्ष अगाडीको राजपरिवार हत्या कन्दको चाहिँ आजसम्म छानबिन हुन सकेन।आफ्नो छोराको मृत्युुचाहिँ हत्या भयो छानबिन गर्नुपर्यो अनि देशको राजपरिवार को बंश नासको चाहिँ छानबिन नहुने???

  • Gau-gauma nepali kangresshka manxe mareko
    Luteko kasaile birseko xaina karib 17hajar manxe ma adikams kangres
    Bikaska jathabhabi dherai dhost banaye chanda nadinelai hatkhutta bhachidiye
    Yesta rmanxe marnu ko kko xanbin desh banda garne bampadkaune chanda asulne yealai xanbin gari karbai garau

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया