यी हुन् विकासको मूल फुटाउने कांग्रेस नेता चौधरी
दाङ । दाङ जिल्लाको क्षेत्र नम्वर ३ ‘१’ मा प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका डिल्लीबहादुर चौधरीलाई नागरिकहरूले भगवानको संज्ञा दिएका छन् ।
बिपतका बेला घर–घरमा पुग्ने कांग्रेस नेता चौधरीलाई भोट माग्न आएको देख्दा निकै खुसी लागेको डुरुवाका ईन्द्र चौधरीले बताए । ‘गुहारखोला वारपार गर्दा जोखिम हुने स्थानमा पुल निर्माण भएपछि निकै खुसी भएका छौ’, चौधरीले भने, ‘प्रत्येक वर्ष जोखिम पूर्ण तरिकाले गुहारखोला पार गर्नुपर्दथ्यो, अब त पुल पनि बन्यो । सजिलो भएको छ ।’
स्थानीयले पुल बनाउन अगुवाइ गर्ने कांग्रेस नेता चौधरीलाई श्रेय दिएका छन् ।
गुहारखोलाको पुलबाट मात्र स्थानीय लाभान्बित मात्र भएका छैनन् प्रत्येक वर्ष कटानको चपेटामा पर्ने डुरुवाको हरिपौरा गनारमा समेत तटबन्धको काम भएको छ । वर्षेनि बाढी र डुवानबाट खेती योग्य जमीनमा ठूलो क्षति हुने समस्या पनि अन्त्य भएको छ ।
‘अब तटबन्धको काम भएको छ । खोलाको कटानको समस्या पनि हटेको छ’, स्थानीय संगम अधिकारीले भने । उनले विकास प्रेमी नेतालाई भोट हाल्ने बताएका छन् ।
‘चुनाव जितेपछि भाग्ने नेताहरूलाई भोट हालिदैन’, डुरुवाका कैलाश बुढाथोकीले भने, ‘जुन नेतासँग सजिलै भेट हुन्छ त्यस्तो नेतालाई भोट दिने हो । कांग्रेसलाई जिताउने हो ।’
उनीहरूले बिकास प्रेमी जनप्रतिनिधी आफ्नो घर आगँनमा आई मतदानको लागि आग्रह गरेको पाउँदा निकै खुसी भएको समेत बताएका छन् ।
थारु समुदायमा धार्मिक आस्थाको संरक्षण र सम्बर्द्धनका लागि भ्यूहाँर थान बनाउन बजेट उपलब्ध गराएकोमा खुसी भएको थारु समुदायका अगुवाहरूले बताएका छन् ।
Dilli Choudhary is a very honest and down to earth person, we need a leader like him in Nepal.