प्रचण्ड बिहानै पुगे कांग्रेस कार्यालय, पाए शिर निहुरिने जवाफ

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् चितवन क्षेत्र नं. ३ का प्रतिनिधी सभा उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसको कार्यालय पुगेका छन् ।
शिवनगरबाट प्रचण्ड बिहीबार बिहान मर्निङ वाकमा निश्किएका थिए । भरतपुर महानगरपालिका वडा नं. २१ स्थित माइली चोकमा पुगेपछि प्रचण्डलाई कांग्रेस पार्टी कार्यालयमा केही समय बसेको एक नेताले बताए ।
प्रचण्ड कांग्रेसको कार्यालयमा आएर बसेपछि कांग्रेस नेता तथा कार्यकर्ताहरूले स्वागत गर्नुका साथ चिया खानका लागि प्रस्ताव राखेका थिए । केही समय प्रचण्डले चिया गफ गरेको माओवादी केन्द्रका एक नेताले बताए ।
त्यस क्रममा प्रचण्डले कांग्रेसका नेता तथा कार्यकर्ताहरूसँग भोट मागेका थिए । जवाफमा कांग्रेसका नेता तथा कार्यकर्ताहरूले तपाईको छोरी रेणु दाहाललाई जिताएको स्मरण गराउँदै कांग्रेसलाई छाडेर एमालेसँग वाम गठबन्धन बनाएकाले तत्काल कुनै पनि सहयोग गर्न नसकिने जवाफ दिएको कांग्रेसका एक नेताले बताए ।
कांग्रेस नेता कार्यकर्ताले एमालेसँग वाम गठबन्धन गरेर कांग्रेसलाई धोका दिएको भन्दै सहयोग गर्न नसकिने जवाफ दिएका थिए ।
उनीहरूले भनेका थिए, ‘भरतपुर महानगरमा तपाईकी छोरी रेणुलाई जिताउन हामीले के सम्म गरेनौं, मतपत्र चयात्दा पनि सबै सह्यौं । तर, तपाई हामीलाई धोका दिँदै गफ ठोक्ने केपी ओलीसँग टाँस्सिनुभयो । यसले हाम्रो चित्त दुखाएको छ । अहिले सहयोग गर्न सकिदैन् । जानुस् एमालेको शरणमा ।’
प्रचण्ड एमालेको समर्थनमा क्षेत्र नं. ३ मा उम्मेदवार बनेका छन् । उनलाई कांग्रेसको समर्थनमा उम्मेदवार बनेका राप्रपा (प्रजातान्त्रिक)का नेता तथा मन्त्री बिक्रम पाण्डेले टक्कर दिँदै छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
यसमा तपाइको मत