विकास विरोधी कम्युनिष्टहरूलाई ठेगान लगाउनु पर्छ: दीपक गिरी

तुलसीपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले विकाश विरोधी कम्युनिष्टहरूलाई भोट नदिन आग्रह गरेका छन् ।

दाङ जिल्लाको निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत दंगीशरण गाउँपालिकाको गोल्टारामा बिहीबार चुनावी सभालाई सम्वोधन गर्दै नेता गिरीले कम्युनिष्टहरू विकास विरोधी भएको बताए । उनले कम्युनिष्टहरू झुठ्ठा आश्वासन बाड्ने भन्दै विकास गर्ने कांग्रेसको विरोध गरेर मात्रै बस्ने गरेको बताए ।

निर्वाचन क्षेत्र विकास कोषअन्र्तगत गत वर्ष तत्कालीन निर्वाचन क्षेत्र नं. ५ का सबै माध्यामिक विद्यालयमा बजेट विनियोजन गर्दा कम्युनिष्टहरूले आफूलाई अदालतको ढोकासम्म पु¥याएको कांग्रेस नेता गिरीले स्मरण गरे । उनले विकास विरोधी एमाले र माओवादी केन्द्रलाई पराजित गराउन मतदाताहरूसँग अपील गरे ।

उनले भने, ‘०६४ देखि ०६९ सम्म पाँचवर्ष चार–चार जना कम्युनिष्ट प्रधानमन्त्री हुुँदा देशको गति के थियो ? शान्ति र संविधान कहाँ थियो ? ०७० सालपछि कांग्रेसको नेतृत्वले शान्ति र संविधान आयो तपाईहरू आफै बुझ्नुहोस् ।’

नेता गिरीले ‘कांग्रेस जे बोल्छ त्यही गर्छ जे गर्छ त्यहि वोल्छ’ भन्दै ०७० सालको निर्वाचनमा कांग्रेस ठूलो पार्टी भएपछि सविंधान दिएको बताए ।

‘संविधान कार्यान्यवन, विकास र समृद्धिका लागि कांग्रेसलाई जिताउने अभिभारा फेरि मतदाताहरू समक्ष आएको छ’, उनले भने, ‘एमाले र माओवादीहरू झठको खेती गर्नेहरू हुन् । कांग्रेसका उम्मेदवारहरूलाई मतदान गर्न अपील गर्छु ।’

एमाले र माओवादीले जातीय रंगभेद ल्याएर नेपाली जनतामा फुट हालेको आरोप लगाउादै गिरीले भने, ‘वर्गीय कुरा गरेर नागरिक झुक्याएर देश लुटनेहरूसंग सचेत रहनुपर्छ ।’

कार्यक्रममा प्रदेश सभा ३ ‘ख’ का उम्मेदवाार बुद्धिराम भण्डारीले एमालेले वाम गठवन्धनका नाममा मदन भण्डारीले प्रतिपादन गरेको वहुदलीय जनवादलाई धज्जी उडाएको आरोप लगाए ।

चुनावी कार्यक्रममा एमाले, माओवादीसहितका दलहरू परित्याग गरेका एकदर्जन नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका थिए । उनीहरूलाई कांग्रेसका केन्द्रीय सदस्य गिरीले सदस्यता प्रदान गरेको दाङ कांग्रेसले जनाएको छ ।

Published : Thursday, 2017 November 16, 6:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया