प्रचण्डकी बुहारी हराउन माओवादीका महिलाहरूले गरे विद्रोह, धमाधम कांग्रेस प्रवेश

पुनर्वास । कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ मा निर्वाचनको सरगर्मी बढेसंगै लालझाडी गाउँपालिका ५ बाट माओवादी केन्द्र परित्याग गरी १ दर्जन बढी कार्यकर्ता कांग्रेस प्रवेश गरेपछि बाम गठबन्धनलाई झटका लागेको छ ।

बुधबार लालझाडी गाउँपालिका ५ माओवादी परित्याग गरी स्थानीय नेतृ बसन्ती नेपालीसहित १४ नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बुधबार कांग्रेस प्रवेश गरेकी नेतृ बिमला माओवादी केन्द्रकी सकृय स्थानीय नेता हुन् ।

माओवादी पार्टी हुनेखाने वर्गको पृष्ठपोषण गर्ने बाटोमा लागेको र परिवारवाद संरक्षणमा माओको बिचारलार्इ परिभाषित गर्ने परिपाटी बिकसित हुँदै आएपछि माओवादी केन्द्र परित्याग गरेको नेतृ बिमलाले बताइन् ।

बुधबार लालझाडी गाउँपालिकास्थित देखतभुलीमा आयोजित नेपाली कांग्रेसको चुनावी सभामा कालुसिंह खड्का, बिष्णा ऐर, जंगबहादुर बोहरा सहित १४ जना कार्यकर्ताले माओवादी कांग्रेसमा प्रवेश गरेका हुन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार तथा निवर्तमान सांसद दिवानसिंह बिष्ट र प्रदेश ‘क’का प्रदेश सभाका उम्मेदवार गोपालसिंह गुरुङले पार्टी प्रवेश गर्नेहरूलाई टीका लगाएर स्वागत गरेका थिए ।

प्रतिनिधि सभामा बाम गठबन्धनबाट कञ्चनपुर क्षेत्र नं. १ मा प्रतिनिधी सभा सदस्यमा माओवादी अध्यक्ष प्रचण्डकि बुहारी चुनावी प्रतिस्पर्धामा आएसंगै यस क्षेत्रमा वाम गठबन्धनमा आबद्ध माओवादी र एमाले कार्यकर्ताले धमाधम पार्टी छाडेर कांग्रेसमा प्रवेश गरिरहेका छन् ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा रणनीतिक रुपमा चुनावी प्रचारमा जुटेको कांग्रेस बलियो बन्दै गइरहेको मतदाताहरूले बताउन थालेका छन् ।

Published : Thursday, 2017 November 16, 8:54 am

1 प्रतिकृया प्राप्त “प्रचण्डकी बुहारी हराउन माओवादीका महिलाहरूले गरे विद्रोह, धमाधम कांग्रेस प्रवेश”

  • अवसर वादी कार्यकर्ता माओवादी अर्थात कमनीस्ट हुदैनन्

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया