देउखुरीमा कांग्रेस जिताउन योगेन्द्रले लिए ‘कसम’, आत्तिए कम्युनिष्टहरू

दाङ । नेपाली कांग्रेसका युवा नेता योगेन्द्र चौधरीले दाङ क्षेत्र नं. १ मा चुनावी प्रचार–प्रसारलाई धमाकासहित सुरुवात गरेका छन् ।

कांग्रेस क्षेत्र नं. १ का उम्मेदवारहरूसँगै बुधबारदेखि चुनावी अभियान सुरु गरेका छन् । प्रचर अभियान सुरु गर्दै नेता चौधरीले भने, ‘म कांग्रेसको सिपाही हुँ, मलाई पार्टीको निर्णय स्वीकार्य छ, कांग्रेसका उम्मेदवारलाई जिताउने मेरो लक्ष्य हो ।’

‘व्यक्तिगत कामले काठमाडौंमा थिएँ’, उनले भने, ‘अबको मिशन निर्वाचनमा कांग्रेसलाई विजयी गराउनु हो ।’ प्रचार–प्रसारमा चौधरीले कमाण्डिङ लिएपछि देउखुरीका कम्युनिष्टहरू आत्तिएका छन् ।

दाङ क्षेत्र नम्बर १ मा कांग्रेसबाट प्रतिनिधी सभा सांसदको उम्मेदवारमा सुशीला चौधरी रहेकी छिन् । प्रदेश सभा ‘१’ मा प्रदीप थापा र ‘२’ मा जानकीलाल बस्नेतले उम्मेदवारी दिएका छन् ।

कांग्रेससँग पार्टी एकीकरण गर्नु अगाडि फोरम लोकतान्त्रिकको मुख्य सचेतकको जिम्मेवारी सम्हालेका युवा नेता चौधरी देउखुरी क्षेत्रमा लोकप्रिय मानिन्छन् ।

नेता चौधरीले आफूहरूसँग मत माग्न थालेपछि झन् उत्साह थपिएको प्रदेशतर्फका उम्मेदवार जानकीलाल बस्नेतले बताए ।

‘योगेन्द्र चौधरी देउखुरी क्षेत्रमा लोकप्रिय हुनुहुन्छ’, बस्नेतले भने, ‘उहाँको उपस्थिति र सथा पाएर हामी उम्मेदवारहरूमा झन् उर्जा थपिएको छ । आधा लडाइँ जितेको महशुस भएको छ ।’ नेता चौधरीले कांग्रेसका उम्मेदवारहरूलाई जिताउन अपील पनि गरेका छन् ।

‘दाङमा कांग्रेस कमजोर छैन’, नेता चौधरीले भने, ‘हामीले जित्छौँ । कम्युनिष्टहरूको मनोबल गिरेको छ । एक जुट भएर लाग्नुपर्छ ।’ उनले कांग्रेसको अगाडि कम्युनिष्टहरू भुसुना मात्रै रहेको बताए ।

प्रतिनिधी सभा सदस्यकी उम्मेदवार सुशीला चौधरीले कांग्रेसले मात्रै दाङको विकास गर्ने बताइन् । उनले जनताको अधिकारका लागि लोकतान्त्रिक शक्तिको जित अनिवार्य रहेको बताइन् ।

बुधबार राजपुरका जंगहवा, सिक्टा, सालभौँरी लगायतका गाउँहरूमा मतदाताहरूसंग भेटघाट गरेका मत मागिएको छ । जंगहवामा कांग्रेसको सम्पर्क कार्यालय पनि स्थापना गरिएको छ ।

Published : Wednesday, 2017 November 15, 7:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया