एमाले उम्मेदवार हराउन माओवादीले दियो निर्देशन, कांग्रेसलाई सिधै फाइदा

सल्यान । माओवादी केन्द्रले एमाले उम्मेदवार हराउन कार्यकर्तालाई विशेष निर्देशन दिएको छ । यो खबर सल्यानको हो ।

सल्यान जिल्लामा माओवादी केन्द्र जिल्ला कार्यसमिति सल्यानले जिल्लामा पार्टीले अगाडि सारेका ‘बागी’ उम्मेदवारलाई जिताउने अभियानमा जुट्न कार्यकर्तालाई निर्देशन दिएको छ । जिल्ला कमिटीले एमाले र माओवादीबीच भएको वाम गठबन्धनका उम्मेदवारविरुद्ध यस्तो आह्वान गरेको हो ।

जिल्ला संयोजक कर्णबहादुर बुढाथोकी ‘छहारी’ले मंगलबार विज्ञप्ति जारी गर्दै जिल्लामा पार्टीले अगाडि सारेका उम्मेदवारीलाई स्वीकृत गर्न केन्द्र (अध्यक्ष प्रचण्ड)लाई आग्रह समेत गरेका छन् । गठबन्धनको तर्फबाट उम्मेदवारी बाँडफाँड अन्यायपूर्ण र जिल्लाका इमान्दार कार्यकर्ताहरुको घाटी निमोठ्ने खालको भएका कारण आफूहरुले विद्रोही उम्मेदवार अगाडि सारेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जिल्ला पार्टीमाथि भएको अन्यायविरुद्ध लड्न केन्द्रीय सचिवालय सदस्य टेकबहादुर बस्नेतले स्वतन्त्र उम्मेदवारी दिन निर्देशन दिएको र सोहीअनुसार जिल्ला पार्टीले उम्मेदवार छनौट गरेर उम्मेदवारी दर्ता गराएको तर जिल्ला पार्टीलाई कुनै जानकारी नै नदिएर उम्मेदवार, प्रस्तावक, समर्थकलाई कारवाहीको लागि सिफारिस गर्नु गलत भएको विज्ञप्तिमा उल्लेख छ ।

संयोजक छहारीले विधि र विधान विपरित हचुवाको भरमा पार्टी अध्यक्ष प्रचण्डले गरेको कारवाही दुर्भाग्यपूर्ण रहेको संयोजक छहारीले बताए । ‘पार्टीको विधान अनुसार स्पष्टीकरण, चेतावनी, जिम्मेवारीबाट निलम्बन हुँदै कारवाही गर्नुपर्नेमा एकैपटक पार्टी सदस्यता नहरने गरी कारवाही गर्नु कति न्यायसंगत हो रु यो हामी सबैले सोँच्ने गम्भीर प्रश्नको रुपमा रहेको छ । जिल्ला पार्टीले अगाडि बढाएका स्वतन्त्र उम्मेदवारहरु र तिनका समर्थकमाथि हचुवाको भरमा घोषणा गरिएको कारवाही अन्यायमाथि अन्याय थप्ने दुर्भाग्यपूर्ण छ’ छहारीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2017 November 15, 11:14 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया