‘प्रचण्ड’ कांग्रेसको शरणमा, विश्वास लाग्न छाड्यो एमालेप्रति

काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पराजित मानसिकताबाट गिज्रिरेहका छन् । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधी सभामा उम्मेदवारी दिएका प्रचण्ड निर्वाचन क्षेत्र छाडेर बाहिर जान चाहँदैन ।

विगत एक हप्तादेखि ३ नं. क्षेत्रमा दाइमारेर बसेका प्रचण्डले कांग्रेस र कांग्रेसका नेताहरूको नाम जप्न थालेका छन् । कांग्रेसको नाम भजाएर भोट मागिरहेका छन् । किन भने प्रचण्डलाई एक्लैले निर्वाचन जित्छु भन्ने हुति छैन । एमालेप्रति पनि प्रचण्डलाई विश्वास लाग्न छाडेको छ । त्यही भएर उनले कांग्रेसका नेताहरूको नाम चुनावी कार्यक्रमहरूमा लिन थालेका हुन् ।

नेपाली कांग्रेससँगको सहकार्य तोडेर नेकपा (एमाले)सँग पोइल गएका प्रचण्डलाई अहिले आएर बल्ल कांग्रेसका नेता विपी कोइराला, गिरिजाप्रसाद कोइरालाहरूको स्मरण हुन थालेको छ । चितवनमा नेपाली कांग्रेसको दब्दवा छ । अब प्रच्ण्डले कुनै दिन कांग्रेस सभापति शेरबहादुर देउवासँग मलाई पराजय हुनबाट जोगाइदिनुस् भन्न बेर छैन ।

प्रचण्ड एमालेसँग पोइल गएपनि कांग्रेसको सरकारमा टाँसिएर बसिरहेका छन् । त्यति मात्रै होइन आफ्ना विनाविभागीय मन्त्रीहरूमार्फत सेवा र सुविधा पनि लिइरहेका छन् ।

चितवन क्षेत्र नं. ३ मा निकै बलिया राप्रपा (प्रजातान्त्रिक)का उम्मेदवार बिक्रम पाण्डेसँग प्रचण्डलाई डर लाग्न थालेको छ । त्यही भएर कांग्रेस र कांग्रेसका नेताहरूको नाम भजाइ रहेका छन् ।

कांग्रेसलाई हराउन प्रमुख विपक्षी दल नेकपा (एमाले)सँग सहकार्य गर्ने अनि जित्नका लागि त्यही कांग्रेसका नेताहरूको नाम लिएर ‘हलो’मा कांग्रेसले मतदान गरे विपी र गिरिजाप्रसाद कोइरालाको अपमान हुने भनिरहेका छन् । तर, उनले के भुले भने कांग्रेसलाई हराउन एमालेसँग साँठगाँठ गरेको बिर्सिएका छन् । देशैभरि कांग्रेसलाई हराउन एमाले र केपी ओलीसँग गठजोड गरिरहेका छन् । कांग्रेसका देशभरिका नेता तथा कार्यकर्ताले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको धोका तत्काल भुल्ने पक्षमा छैनन् ।

चितवन क्षेत्र नं. ३ मा निकै बलिया राप्रपा (प्रजातान्त्रिक)का उम्मेदवार बिक्रम पाण्डेसँग प्रचण्डलाई डर लाग्न थालेको छ । त्यही भएर कांग्रेस र कांग्रेसका नेताहरूको नाम भजाइ रहेका छन् ।

चितवनमा बाँदरमुडे नरसंहारका नाइके प्रचण्डले अहिलेसम्म त्यो हत्याकाण्डको स्पष्ट जवाफ दिन सकेका छैनन् । बाँदरमुडे नरसंहारका पीडितहरूसँग नजर उठाएर कुरा गर्न सक्दैनन् । यस्तो अवस्थामा प्रचण्डलाई निर्वाचनमा डर लाग्नु स्वभाविक पनि हो ।

यसअघि काठमाडौं क्षेत्र नं. १० मा नेपाली कांग्रेसका राजन केसीसँग नराम्रो हार व्यहोरीसकेका प्रचण्डलाई बिक्रम पाण्डेले पुनः अर्को पराजयका माला पहिराइदिने धेरैले अनुमान गर्न थालेका छन् । प्रचण्डका पछिल्ला अभिव्यक्तिले त्यो आभास दिन थालेको छ । चितवन क्षेत्र नं. ३ का मतदाताहरूलाई प्रचण्डले भन्दा पनि बिक्रम पाण्डेले जित्दा भविष्यमा काम लिन सहज हुनेछ । किन भने प्रचण्डसँग ती मतदाताहरूको सहज पहुँच हुने छैन । तर, पाण्डेलाई उनीहरूले सजिलै भेटेर काम गराउन सक्ने छन् ।

एमालेका नेता देवी ज्ञवालीलाई किनेर आफ्नो पछाडि–पछाडि हिँडाइ रहेका प्रचण्डले बिक्रम पाण्डेलाई पैसा बाँडेको फजुल आरोप लगाइ रहेका छन् । बरु पैसा बिक्रम पाण्डेले होइन प्रचण्डले बाँड्न थालेको त्यस क्षेत्रका मतदाताहरूले बताउनु थालेका छन् ।

Published : Tuesday, 2017 November 14, 6:00 pm

2 प्रतिकृया प्राप्त “‘प्रचण्ड’ कांग्रेसको शरणमा, विश्वास लाग्न छाड्यो एमालेप्रति”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया