यसकारण दङ्गालीले महरालाई भोट दिनु हुँदैन

घोराही । संविधान सभाको पहिलो निर्वाचनमा दाङ क्षेत्र नं. २ बाट उम्मेदवार बनेर जितेका माओवादी नेता कृष्णबहादुर महरा उम्मेदवार बन्ने कुनै पनि ठाउँ नपाएपछि फेरि दाङबाट उम्मेदवार बनेका छन् ।
गृहजिल्ला रोल्पामा वर्षमान पुन र उनकी पत्नी ओनसरी घर्तीले कब्जा जमाएपछि महरा त्यहाँबाट विस्थापित भएका हुन् । महरा निर्वाचन लड्ने प्रयोजनका लागि मात्रै दाङ झरेका छन् । दोस्रो संविधानसभा निर्वाचनका बेला महरा रोल्पाबाट उम्मेदवार बनेका थिए ।
वर्षमान पुनका कारण राजनीति अफ्ठ्यारो अवस्थामा पुगेपछि महरा फेरि दाङ क्षेत्र नं. २ मा झरेका छन् । दाङका मतदातालाई खेलौना ठान्ने माओवादी केन्द्रका नेता महरालाई २ नं. क्षेत्र एमालेले उपहारमा दिएको छ । महरालाई जिताएर सांसद बनाउने जिम्मेवारी पनि एमालेले लिएको छ ।
लामो समय संगठन गरेर बसेका एमालेका स्थानीय नेताहरूलाई केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र शंकर पोख्रेलले टिकट नदिएर महरालाई सांसदको टिकट दिएका हुन् । एमालेका नेता पोख्रेल प्रदेश सभामा झरेर महरालाई नेता मानेर धमाधम प्रचार गरेर हिँडेका छन् । राजनीतिमा जे पनि हुन्छ भन्ने उदाहरण महराले दिन खोजेका छन् ।
सांसद हुँदासम्म दाङको विकासमा खासै ध्यान नदिएका माओवादी नेता महराले अहिले आएर ‘दाङमा भएका सबै विकास मैले गरेको हुँ’ भनेर दाबी गरिरहेका छन् । निर्वाचनको मुखैमा केही बजेट दाङलाई निकासा गरेका थिए । तर, के चाहिँ होइन भने उनले दाङको विकास नेपाली कांग्रेसका सांसदहरूले जस्तो कुनै पनि हालतमा गरेका छैनन् ।
दाङको विकास दाङ्कै रैथाने नेताले मात्रै गर्छ । भगौडा वा शरणार्थी नेताले कुनै पनि हालतमा दाङको विकास गर्न सक्दैन । दङ्गाली मतदाताले यो कुरा बेलैमा बुझ्न जरुरी छ ।
सांसद हुँदा महराले दाङमा संसद विकास कोषको कति बजे कुन ठाउँमा छुट्याएका छन् भन्न सक्छन् ? सक्दैनन् । किन भने विकास योजनाहरू सबै महराले रोल्पा पुगाएका थिए । अहिले त्यो ठाउँमा वर्षमान पुनले अठ्याएर बसेका छन् ।
केही दिन अगाडि मात्रै रोल्पा पुगेर महरा स्वयंले ‘निर्वाचन लड्नको लागि मात्रै दाङ झरेको हुँ, मेरो माया त रोल्पालाई छ’ भनेर अभिव्यक्ति दिएका थिए ।
महरालाई भोट कुनै पनि हालतमा दिनु हुँदैन भनेर मतदाताहरूले भन्न थालेका छन् । घोराहीका मतदाता शिवराज घिमिरेले भने, ‘कसैले फोन गर्यो भने फोन नउठाउने, सुरक्षाकर्मीको घेराभित्र बस्ने, छोरालाई सबै कुराको हर्ताकर्ता बनाएर कार्यकर्तालाई बाहिर राख्ने, भेट्नै कठिन हुने, यस्ता नेतालाई दङ्गाली मतदाताले मत दिनु हुँदैन ।’
घिमिरलेले भने, ‘बरु जुन पार्टीको भए पनि दाङकै नेतालाई मतदान गर्नुपर्छ । महरालाई मतदान गरेर जितायौँ भने दाङका जनताले दुःख पाउँछन् । फेरि पनि महराको हालत पहिलाकै जस्तो हुन्छ ।’
माओवादी केन्द्रका नेता महरालाई भोटको राजनीति दाङमा नगर्न दङ्गाली मतदाताहरूको आग्रह छ ।
यो लेख कङ्रेस मित्रको हो ।