नवराज सिलवालको प्रचारमा पूर्व पुलिसहरूको फौज, एमालेका नेता देखिनै छाडे

ललितपुर । पुलिसको जागिर छाडेर दुई महिना अगाडि मात्रै नेकपा (एमाले)मा प्रवेश गरेका नवराज सिलवाललाई एमालेका नेता तथा कार्यकर्ताभन्दा पनि भुतपूर्व प्रहरीहरूले साथ दिन थालेका छन् ।

ललितपुर एमालेका दिग्गज नेताहरू रघुजी पन्त, सुशीला नेपालसहितकालाई पछाडि पार्दै प्रतिनिधी सभा क्षेत्र नं. १ को टिकट हुत्याएका सिलवाललाई भुतपूर्व पुलिसहरूले सहयोग गर्न थालेका हुन् । नवप्रवेशी सिलवाललाई एमालेका नेताहरूले असहोग गरिरहेका छन् ।

‘दुई महिना अगाडि एमालेमा प्रवेश गर्ने । संगठन गरेका होनहार नेता तथा कार्यकर्ताहरूको मानमर्दन गरेपछि नवराज सिलवाललाई जिताउने कुरै हुँदैन । सिलवाललाई ललितपुरका मतदाताहरूले भोट दिँदैनन् । दिनु पनि हुँदैन’, नाम उल्लेख नगर्ने सर्तमा एमालेका ती नेताले भने, ‘नवराज सिलवालको प्रचार प्रसारमा हेर्नु भएको छ ? उनीसँग एमालेका नेताहरू हिँड्न मान्दैनन् । भगौडा र भुतपूर्व पुलिसहरूलाई साथमा लिएर प्रचारमा जाने गरेका छन् ।’

पुलिसका पूर्वएसएसपी यादवराज खनालले आइतबार सिलवालको पक्षमा प्रचार प्रसार गरेका थिए । सिलवाललाई अर्का पूर्व एसएसपी बलराम शर्मा पौडेलले प्रचार प्रसारमा सघाएका छन् ।

सिलवालको प्रचार प्रसार टोलीमा भगौडा पुलिसहरू पनि हिँड्ने गरेको एमालेका एक नेताले बताए ।

आईजीपी बढुवा प्रकरणमा किर्ते गरेको काण्डमा फसेका सिलवाल एमालेका अध्यक्ष केपी ओलीको हातबाट टीका लगाएर पार्टी प्रवेश गरेका हुन् ।

Published : Tuesday, 2017 November 14, 12:43 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया