यी हुन् एमालेका ‘खतरनाक’ वडाध्यक्ष, मध्यराति महिलालाई…

गौशाला । नेकपा (एमाले)बाट निर्वाचित महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका वडाध्यक्ष विजयकुमार सिंह एक महिलासँग आपत्तिजनक अवस्थामा भेटिएपछि पक्राउ परेका छन् ।

वडा नं. ८ का वडाध्यक्ष सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राति साढे १० बजे वडाध्यक्ष सिंह जलेश्वर–८ स्थित दलित महिलाको आरक्षणबाट निर्वाचित वडा सदस्यको घरमा फेला पारिएको थियो ।

वडाध्यक्ष सिंह र ती दलित महिला वडा सदस्य दुवैलाई आपत्तिजनक अवस्थामा महिलाका देवर, ससुरा र जेठाजुले देखेपछि बाहिरबाटै दुवै जनालाई घरमा थुनेर गाउँलेलाई बोलाएर दुवैजनालाई रंगेहात पक्राउ गरिएको आरोप रहेको प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिए ।

वडा सदस्य ती महिलाका घरका सदस्यहरू तथा गाउँलेले वडाध्यक्ष सिंह र महिलालाई पक्राउ गरी प्रहरी बोलाएर आइतबार राति ११ बजे प्रहरीको जिम्मा लगाएका थिए । पक्राउ परेका दुवै जनालाई प्रहरीले राति नै मेडिकल जाँच गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

वडाध्यक्ष सिंह स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट विजयी भएका थिए ।

करिब नौ महिनाअघि वैदेशिक रोजगारीका क्रममा पतिको मृत्यु भएकी ती दलित महिला सदस्यले गत असोज २ गते भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा दलित महिला वडा सदस्यमा एमालेबाटै निर्वाचित भएकी थिइन् ।

पति गुमाएर विधवा दलित महिला वडा सदस्य आइतबार राति आफ्ना चार बालबालिकासँग सुतिरहेको बेला वडाध्यक्ष सिंह घरभित्र सुटुक्क पसेका थिए ।

घरभित्र प्रवेश गर्नेवित्तिकै सिंह र ती वडा सदस्य महिला आपत्तिजनक अवस्थामा फेला परेको आरोप महिलाका परिवारका सदस्य तथा गाउँहरूले लगाएका छन् ।

प्रहरी उपरीक्षक कडायतले वडाध्यक्ष सिंह तथा ती महिला वडा सदस्यमाथि लगाइएको आरोपको सम्बन्धमा अनुसन्धान भइरहेको बताए ।

Published : Monday, 2017 November 13, 10:48 am

1 प्रतिकृया प्राप्त “यी हुन् एमालेका ‘खतरनाक’ वडाध्यक्ष, मध्यराति महिलालाई…”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया