सिलवालले देखाए ‘घमण्ड’, आफैले सेल्युट हानेका कांग्रेसलाई यस्तो के भने ?

ललिपुर । नेपाल प्रहरीको पूर्व डिआईजी एवम् एमालेका तर्फबाट ललितपुर क्षेत्र नं. १ बाट उम्मेदवार बनेका नवराज सिलवालले आफ्ना कारण एमालेको उचाइँ बढेको दाबी गरेका छन् ।
शनिबार ललितपुरमा आयोजित चुनावी कार्यक्रममा सिलवालले कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाविरुद्ध जथाभावी अभिव्यक्ति दिएका हुन् । उनले घमण्ड गर्दै आफ्ना कारण देशविदेशमा एमालेको चर्चा भइरहेको समेत दाबी गरे । सम्बोधनका क्रममा माओवादी र एमालेका अन्य उम्मेदवारहरूको नाम समेत लिन नसकेका सिलवालले आफूलाई सुपर उम्मेदवारका रुपमा समेत परिचित गराए ।
‘मेरो कारण ललिपुरमा चर्चामा छ । चार वर्ष अगाडि जितेर गएका नेपाली कांग्रेसका प्रतिनिधि उदेय शम्शेर राणाको नाम कसैलाई थाहा थिएन । उहाँको नाम मेरो कारणले चर्चामा छ ’, सिलवालले भने, ‘उदयशम्शेर राणाको नामलाई मैले प्रकाशमा ल्याइदिनु पर्ने भएको छ ।’
डिआईजीबाट आईजीपी बन्ने दौडमा रहेका सिलावललाई उनै कांग्रेसका उदयशम्शेर राणाले जिल्लाबासीको नाताले शेरबहादुर देउवा समक्ष भेट गराउने लगेको कुरा अहिले सिलावलले भुलेका छन् । राजनीतिमा उदयशम्शेर राणा सिलवालभन्दा निकै जुनियर हुन् । सिलवाल दुई महिना अगाडि मात्रै राजनीतिमा प्रवेश गरेका हुन् । त्यसअघि डिआईजी सिलवालले उनै उदयशम्शेर राणालाई सेल्युट गर्थे ।
एमालेका उम्मेदवार सिलवालले नेपाली कांग्रेसले जनताको पक्षमा कुनै पनि काम नगरेको आरोप लगाए । उनले भने, ‘कांग्रेसलाई सिकाउन चाहन्छौँ । एमालेसँग सिक्नु पर्छ ।’
सिलालले अन्तर्राष्ट्रिय समुदाय कम्युनिष्टहरूलाई हराउन लागेको आरोप पनि लगाए । उनले धानकाट्दै गरेको तस्बिरका विरुद्ध टिकाटिप्पणी गर्नेहरूको पनि आलोचना गरे ।
पुलिसमा रहेका बेला मिटर व्याजका कारण थुप्रै सर्वसाधारणलाई दुःख दिएका सिलवालले गुनबहादुर थापालाई लामो समयसम्म थुनामा राखेका थिए । सिलवाले थापालाई झुठ्ठा मुद्दा समेत लगाएका थिए ।
मिटर व्याजसम्बन्धी थापा र सिलवालको अडियो अहिले सामाजिक सञ्जालभरि भारइरल भइरहेको छ । यो कुरालाई पनि सिलवालले ललितपुरका मतदाताहरूलाई जवाफ दिनुपर्ने अवाज एमालेभित्रै उठ्न थालेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
यसमा तपाइको मत