सांसदको रेशबाट शंकर पोख्रेल ‘आउट’, प्रदेशमा भोट माग्दै

घोराही । दाङ क्षेत्र नं. २ ‘क’बाट प्रदेश सभाका लागि उम्मेदवार बनेर मुख्य मन्त्रीको सपना देखिरहेका एमालेका नेता शंकर पोख्रेलले ५ नं. प्रदेशका युवाहरूलाई विदेश जान नपर्ने स्वदेशमै रोजगारी सिर्जना गर्ने आश्वासन चुनावी सभाहरूमा बाढ्दै आएका छन् ।

तर, उनले के कुरा बुझेका छैनन् भने आफ्नी जेठी छोरीलाई चीनमा अध्ययनका लागि पठाएका छन् । नेपालका गरिव र जेहेन्दार विद्यार्थीका लागि चीनले दिएको छात्रवृत्तिमा एमाले नेता पोख्रेलले छोरीलाई अध्ययनका लागि पठाएको स्रोतको भनाइ छ ।

उनले आफ्ना नातेदारहरूलाई थुप्रै स्थानमा जागिर लगाएका छन् । तर, दाङका मतदाताका लागि पोख्रेलले खासै केही नगरेको गुनासो छ ।
अहिले आएर चुनावी कार्यक्रम र सभाहरूमा रोजगारी, शिक्षा, स्वास्थ्यका ठूला–ठूला सपना बाँड्दै गरेको आरोप स्थानीय मतदाताहरू लगाउन थालेका छन् ।

शुक्रबार बंगलाचुली गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले नेता पोख्रेलले ५ नं. प्रदेशका युवाहरूको तथ्याङ्कका आधारमा तीन वर्षभित्र नीतिगत योजना बनाइ शैक्षिक योग्यताका आधारमा अवसर दिने बताएका थिए ।

बंगलाचुलीका मतदाता मात्रै होइनन् दङ्गाली जनताले एमाले नेता पोख्रेललाई अहिले पनि प्रश्न गर्ने गरेका छन् ‘काठमाडौंमा घर बनाएर बस्ने, जेठी छोरीलाई चीन पढन पठाउने, आफ्नी भतिजीलाई सरकार नियन्त्रित संस्थानमा जागिरे लगाइदिने’ जस्ता प्रश्नहरू गरिरहेका छन् । तर, उनले यी प्रश्नको जवाफ दिने आँट गरेका छैनन् ।

बरु प्रतिनिधी सभाको निर्वाचनको रेशबाट बाहिरिएर पोख्रेल प्रदेशमा झरेका छन् । पोख्रेलले दाङ क्षेत्र नं. २ को प्रतिनिधी सभामा एमालेका कृष्णबहादुर महरालाई छाडिदिएका छन् । महरा एमालेका बैशाखी टेकेर केन्द्रीय राजनीतिमा जाने छन् । पोख्रेल प्रदेशतिर राजनीति गर्ने छन् ।

फेरि पनि पोख्रेलले हारको ह्याट्रिक गर्ने हुन् कि भनेर एमालेका मतदाताहरू नै सशंकित छन् ।

पोख्रेलले केही हप्ता अगाडि एमालेमा प्रवेश गरेर प्रदेश सभामा जनजातिको आरक्षणमा १ नं. मा समानुपातिकको टिकट पाएका बलिभद्र रानालाई बोकेर प्रचार प्रसारमा हिँड्ने गरेका छन् । रानालाई शहीद उमेशचन्द्र थापाको हत्यामा संलग्न रहेको भनेर एमालेकै नेताहरूले आरोप लगाउने गर्छन् ।

दाङका एकजना वरिष्ठ पत्रकारले रानालाई एमालेले समानुपातिकको टिकट दिएपछि फेसबुकमा स्ट्याटस लेखेर शहीद दिवसमा हत्यामा संलग्नहरू प्रमुख अतिथि हुने दिए आए भनेर लेखेका थिए ।

Published : Saturday, 2017 November 11, 10:16 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया