माधव नेपाललाई हराउन के–के हुँदैछ भित्रभित्रै ?

काठमाडौं । काठमाडौं क्षेत्र नं. २ मा नेकपा (एमाले)को तर्फबाट प्रतिनिधी सभामा उम्मेदवार बनेका वरिष्ठ नेता माधवकुमार नेपालले पराजयको सामना गर्नुपर्ने अवस्था आउने देखिएको छ ।

एमालेभित्रको अन्तरिक द्वन्द्व र अध्यक्ष केपी ओली समूहको ठूलो असहयोगका कारण नेता नेपाल पराजित हुने हुन् कि भन्ने आशंका एमालेका मतदाताहरूले गर्न थालेका छन् ।

गृह जिल्ला रौतहटबाट विस्थापित भएर काठमाडौं क्षेत्र नं. २ मा उम्मेदवारी दिएका एमालेका नेता नेपाललाई नेपाली कांग्रेसका नेता दीपक कुइँकेलले टक्कर दिँदै छन् । कुइँकेल काठमाडौं क्षेत्र नं. २ मा लोकप्रिय नेताका रुपमा परिचित छन् ।

रौतहटमा डराएर उम्मेदवारी नदिएका एमालेका वरिष्ठ नेता नेपाल ०६४ सालको पहिलो संविधान सभाको चुनावमा काठमाडौं क्षेत्र नं. २ मा पराजय बेहोरेका थिए । उनलाई माओवादीका झग्गु सुवेदीले नराम्रोसँग हराईदिएका हुन् । यद्यपि, ०७० को दास्रो संविधानसभाको चुनावमा भने नेता नेपालले काठमडौं २ बाट जितेका थिए ।

माओवादीको भोट पाउने आश लिएका नेता नेपाललाई हराउन भने केपी ओली समूह नै सक्रिय बनेको छ । दाङ घर भई कोटेश्वरमा आलिशान घर बनाएका एमाले नेता शंकर पोखरेल पनि नेता नेपाललाई हराउन सक्रिय रहेको स्रोतको भनाइ छ ।

हुन त शंकर पोखरेल दाङको क्षेत्र नं. २ ‘क’बाट प्रदेश सभाका लागि उम्मेदवार बनेका छन् । पोखरेलले आफूलाई नेता नेपालबाट भविष्यमा ठूलो असहयोग हुने देखेपछि हराउन आफ्ना खास मान्छे परिचालन गरेको स्रोतको भनाइ छ ।

नेता नेपालविरुद्ध एमालेकै एउटा समूहले बागी उम्मेदवारसमेत खडा गरेको थियो । पार्टीले आफूहरूलाई अबमूल्यन गरेको भन्दै नेपालविरुद्ध एलपी श्रेष्ठले बागी उम्मेदवार दिएका थिए । पछि श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् । श्रेष्ठको उम्मेदवारी फिर्ता भएपनि नेता नेपाललाई पार्टीभित्रैबाट असहयोग भइरहेको छ ।

संविधान सभा उपनिर्वाचन०६४ मा क्षेत्र नं. २ बाट कांग्रेसका कुइँकेल विजयी भएका थिए । त्यसबेला कांग्रेस उम्मेदवार कुइँकेल १८ हजार २०० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णगोपाल श्रेष्ठले १३ हजार ४२१ मत पाएका थिए ।

२३ वर्षसम्म कम्युनिष्ट पार्टीहरूको किल्ला रहेको काठमाडौं २ मा नेपाली कांग्रेसले ७० मा बाजी मारेको हो । काठमाडौंको यो क्षेत्र २०६४ सालसम्म क्षेत्र नम्बर १ का रुपमा थियो ।

Published : Saturday, 2017 November 11, 7:33 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया