वाम गठबन्धनलाई हराउन धनकुटामा बने समितिहरू

धनकुटा । धनकुटा जिल्लाको लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन नेपाली कांग्रेस धनकुटाले सवै स्थानीय तह तथा वडामा चुनावी अभियान संचालन गर्न जिम्मेवारी बाँडफाँट गरेको छ ।

कांग्रेस धनकुटाका सभापति अग्निप्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरू प्रतिनिधि सभाका सुनिलवहाुदर थापा, प्रदेश सभा क्षेत्र नं. १ का मनोहर नारायण श्रेष्ठ, प्रदेश सभा क्षेत्र नं.२ का अर्जुन थापा र नेपाली कांग्रेसका समानुपातिकका उम्मेदवारहरू लीला सुब्बा र कमोटकुमार फागु लगायतका उम्मेदवारहरूलाई विजयी बनाउन पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको हो ।

निर्वाचन परिचालनका लागि धनकुटा नगरपालिकामा दिनेश राई संयोजक र अम्बिका परियार, रोशन श्रेष्ठ सदस्य रहेको समिति गठन गरेको छ ।

आहाले र महाभारतमा नेपालधन राई, भेडेटारका लागि सीता प्रधान संयोजक, बुढीमोरंग र खुवाफोकमा हर्कराज राई, फाक्सिव र डाँडाँबजारमा हर्क चेम्जोङ्लाई संयोजकको जिम्मेवारी दिइएको छ ।

Published : Thursday, 2017 November 9, 2:57 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया