कांग्रेसले मतदाताको शिर निहुरिन दिने छैन : श्रम राज्यमन्त्री

काठमाडौं । दाङ क्षेत्र नं. ३ ‘१’ मा नेपाली कांग्रेसतर्फबाट प्रदेश सभाका लागि उम्मेदवारी दिएका डिल्लीबहादुर चौधरीले कांग्रेसलाई मतदान गरेर विजयी बनाए मतदाताको शिर कहिलै नझुक्ने गरी काम गर्ने बताएका छन् ।

तुलसीपुरमा बुधबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै श्रम राज्यमन्त्री समेत रहेका चौधरीले भने, ‘ तपाई कुलोमा जानुहोस वा खोलामा, बाटोमा जानुहोस वा धार्मिक स्थलमा, जहाँपनि कांग्रेसको योगदान पाउनु हुनेछ ।’

उनले भने, ‘आगामी दिनमा पनि समग्र दाङको विकासका लागि दिलोज्यान दिएर काम गर्ने छौं ।’ नेता चौधरीले कांग्रेसले देशलाई एकताको सुत्रमा बाध्न प्रयास गरिरहँदा कम्युनिष्टहरूले हिमाल, पहाड र मधेस तराईमा कलहको विजारोपण गरेको आरोप लगाए ।

कार्यक्रमलाई सम्वोधन गर्दै निर्वाचन क्षेत्र नं. ३ ‘२’ का प्रदेशसभा सदस्य पदका उम्मेदवार बुद्धिराम भण्डारीले कांग्रेसलाई कांग्रेसले मात्रै हराउन सक्ने बताए ।
‘कांग्रेसलाई हराउन सक्ने तागक कांग्रेस बाहेक अरु कुनैपनि शक्तिसंग छैन’, उनले भने, ‘हामी हिजोका कमिकमजोरी भुलेर एकतावद्ध भएर अगाडि बढ्न आवश्यक छ ।’

Published : Wednesday, 2017 November 8, 3:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया