यो हो महराको असली रुप, दाङका मतदाताको गरे ठूलो अपमान

रोल्पा । नेकपा (एमाओवादी केन्द्र)का नेता तथा दाङ क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार कृष्णबहादुर महराले आफू रोल्पाबासी भएको भन्दै रोल्पाभन्दा बाहिर जान नसक्ने बताएका छन् ।
रोल्पाबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै गरेका आफ्नो पार्टीको प्रतिनिधिसभातर्फका उम्मेदवार वर्षमान पुनको चुनावी कार्यक्रममा सहभागी हुन पुगेका महराले रोल्पाका मतदाताहरूसँग दाङभन्दा आफ्ना लागि रोल्पा नै प्यारो रहेको बताएका हुन् । उनले वर्षमान पुनसहितका प्रदेश सभाका उम्मेदवारहरू मतदान गरेर जिताउन आपील गरे ।
‘प्राविधिक कारणले म दाङबाट चुनावमा प्रतिस्पर्धा गर्दैछु । जित्छु पनि । एमालेले साथ दिएको छ’, चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै महराले भने, ‘मैले गर्ने भनेको रोल्पा हो । दाङ होइन ।’ यद्यपि, नेता महराले दाङको क्षेत्र नं. २ मा धेरै विकासका कार्यक्रमहरू ल्याएको दाबी गरे ।
रोल्पा जिल्लामा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको छ । त्यो क्षेत्रमा वर्षमान पुनले कब्जा जमाएरपछि महरा बाध्य भएर दाङ झरेका हुन् ।
पहिलो संविधानसभा निर्वाचनमा महराले दाङ क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । त्यसपछि उनले दाङ छाडेर रोल्पाबाट निर्वाचन जिते ।
रोल्पामा टिकट नपाएपछि महरा फेरि दाङ झरेका छन् । महरालाई दाङका मतदाताहरूले ‘भगौडा’ नेताका रुपमा परिभाषित गर्ने गरेका छन् ।
एमालेका स्थायी समिति सदस्य शंकर पोख्रेललाई प्रदेश सभामा झार्न सफल भएका महराले एमालेकै बलबुतामा जित्ने सपना देखेका छन् । दाङ जिल्लामा माओवादी केन्द्र कमजोर मानिन्छ ।
शंकर पोख्रेलले पनि प्रदेश सभामा जित्ने सम्भावना निकै कम रहेको बताइएको छ ।
एमालेले महरालाई जिताउने सबै प्रकारको सहयोग गर्दै आएको छ । तर, महराले भने आफ्नो गृहजिल्ला रोल्पा पुगेर दाङ जिल्लाका मतदाताप्रति होच्याउने गरेर अभिव्यक्ति दिएका छन् ।
महरा सांसद रहेका बेला सांसद विकास कोषबाट आउने सबै रकम उनले रोल्पा जिल्लामा खर्च गरेका थिए । उनको विकास कोषबाट एकरुपियाँ पनि दङ्गालीहरूका लागि खर्च गरेका होइनन् । यो कुरा दाङ जिल्लाका मतदाताहरूले राम्रोसँग बुझेका छन् ।
माओवादीका नेताहरू पनि महरालाई अवसरवादी नेताका रुपमा लिन्छन् । अहिले पनि विनाविभागीय मन्त्रीका रुपमा सुविधा लिइरहेका महराले सत्ताको सधै स्वाद लिइरहने तथा अरु नेताहरूलाई अवसर दिन नमान्ने व्यक्ति देखाउने गरेको आरोप छ ।
4 प्रतिकृया प्राप्त “यो हो महराको असली रुप, दाङका मतदाताको गरे ठूलो अपमान”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
Sad
Good
Yesta neta lai Dang bata matra hoina desai bata neto kataunu par6.
अाफ्नाे बास्तबिक अौकात देखाएपछि जन्ताले बुझ्ने मौका पाय महरा कमरेडलाई।।