कम्युनिष्ट–सम्युनिष्ट केही आउँदैन : झलनाथ खनाल

काठमाडौं । एमालेका वरिष्ठ नेता झलनाथ खनालले एक सय वर्षसम्म पनि नेपालमा कम्युनिष्ट व्यवस्था आउन नसक्ने दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै एमालेले समाजवाद ल्याउनका लागि चुनावी अभियानमा होमिएको बताए ।

‘कम्युनिष्ट–सम्युनिष्ट केही आउँदैन । कम्युनिज्म आउनका लागि अझै एक सय वर्ष लाग्छ’, उनले भने, ‘अहिले कम्युनिष्ट व्यवस्था आउँदैन । हामी समाजवादमा जाने हो । साम्यवादमा होइन ।

आक्रामक रुपमा प्रस्तुत भएका नेता खनालले मुलुकमा विकास गर्न कांग्रेसले नदिएको बताए । ‘हामी सरकारमा हुँदा कांग्रेसले सधै असहयोग ग¥यो’, उनले भने, ‘कांग्रेसका कारण एमालेले सरकारमा रहँदा पनि काम गर्न पाइएन । अब बहुमत आउँछ । सबै कुरा ठीक हुन्छ ।’

Published : Tuesday, 2017 November 7, 8:35 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया