‘प्रचण्ड’का पूर्वस्वकीय सचिव कांग्रेसमा प्रवेश

काठमाडौं, २० कात्तिक । डडेलधुरा जिल्लाको गन्यापुधारा गाउँपालिकाका वडाध्यक्षसहित एक दर्जन माओवादी केन्द्रका प्रभावशाली नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिकाका निर्वाचित वडाध्यक्ष चेतराज भट्ट लगायत दर्जन माओवादी केन्द्रका नेताहरूलाई कांग्रेस सदस्य दिएर प्रवेश गराएका हुन् ।

कांग्रेसमा प्रवेश गरेका भट्ट गत स्थानीय चुनावमा माओवादी केन्द्रबाट गन्यापधुरा–४ बाट अध्यक्षमा निर्वाचित भएका थिए ।

उनी यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा स्वकीय अधिकृत समेत रहेका थिए । भट्ट माओवादी केन्द्र डडेलधुराका जिल्ला सदस्य समेत हुन् ।

डडेलधुराकै वाईसिएल नेपालका केन्द्रीय सदस्य ईन्द्रबहादुर कठायत पनि कांग्रेस प्रवेश गरेका छन् । गन्यापधुरा गाउँपालिका वडा नम्वर ४ का सदस्यहरू नरजित भुल र वीरबहादुर भुल पनि कांग्रेस प्रवेश गरेको कांग्रेसद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

डडेलधुराका माओवादी केन्द्रका अगुवा कार्यकर्ताहरू मानबहादुर धानुक, गोपाल खत्री, मीनराम साउद र धनीलाल पाल पनि कांग्रेस प्रवेश गरेका छन् ।

Published : Monday, 2017 November 6, 6:08 pm

1 प्रतिकृया प्राप्त “‘प्रचण्ड’का पूर्वस्वकीय सचिव कांग्रेसमा प्रवेश”

  • रिपब्लिका जस्तो मिडियाले यति सतहि रुपमा समाचार बनाउनु अत्यन्तै दुखद कुरा हो माथि उल्लिखित दुई नामहरु स्थानिय स्तरमा प्रभाव राख्ने भए पनि बाँकि अन्य सबै अशिक्षित, राजनिति नबुझेका, कृषिकर्म गर्ने बिपन्न परिवारका व्यक्तिहरु हुन्, उनिहरु आफ्नै चेतनाले पार्टिका मतदाता पनि हैनन् । एक स्वतन्त्र सन्चारकर्मिको रूपमा यत्ति जानकारि गराए

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया