गगन थापाको पक्षमा देखियो ‘लहर’, कम्युनिष्टरूको साता गयो !

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

संविधानसभाको दोस्रो निर्वाचनमा माओवादीका उम्मेदवार तथा हालका उपराष्ट्रपति नन्दबहादुर पुनलाई नराम्रोसँग पराजित गरेका थापाले फेरि पनि क्षेत्र नं. ४ का मतदाताहरूको भोट पाउने विश्वास गरेका छन् । सो क्षेत्रमा थापाका पक्षमा देखिएको जनलहरले एमाले र माओवादी केन्द्रको सातो गएको कांग्रेसको दाबी छ ।

बुधबार उम्मेदवारीको मनोनयन दर्ता गरेपछि पत्रकारहरूसँग कुरा गर्दै संविधान कार्यान्वयन र मुलुकको विकासका लागि फेरि पनि कांग्रेसको रुख चिन्हमा मतदाताहरूले मतदान गर्ने बताए ।

‘नेपाली जनतालाई कांग्रेसप्रति ठूलो भरोसा छ’, उनले भने, ‘कम्युनिष्टरूले अधिनायकवादका लागि प्रयास गरिरहेका बेला फेरि पनि कांग्रेसले लोकतन्त्र र स्वतन्त्रताप्रति विश्वास गर्ने मतदाताहरूको माया पाउँछ ।’

कांग्रेसका युवा नेता थापाले आफ्ना थुप्रै प्रशंसकहरूलाई लिएर उम्मेदवारी दर्ता गर्न पुगेका थिए ।

काठमाडौं क्षेत्र नं. ४ मा एमालेका तर्फबाट निवर्तमान सांसद राजन भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् ।

बेलायती संस्था डिएफआईडीको अािर्थक सहयोगमा एनजिओ चलाउँदै आएका एमाले नेता भट्टराई कांग्रेस नेता थापाभन्दा निक्कै कमजोर रहेको त्यस क्षेत्रका मतदाताहरूको भनाइ छ ।

एमाले नेता भट्टराईलाई माओवादी शान्ति प्रक्रियामा आएका बेला बेलायती संस्था डिएफआईडीलाई सूचना बिक्री गरेको आरोप लाग्दै आएको छ ।

Published : Thursday, 2017 November 2, 8:33 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया