प्रधानमन्त्री देउवाले गरे जनताको मन छुने काम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता लिएको छ । प्रधानमन्त्रीको निर्देशनपछि निगमले मूल्यबृद्धि फिर्ता लिएको हो । मूल्यबृद्धि फिर्ता गरी पुरानै मूल्य कायम गरिएको आपूर्तिमन्त्री जयन्त चन्दले बताए ।

निगमले बिहीबारदेखि लागू हुने गरी हवाई इन्धन बाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । निगमले पेट्रोल र डिजेलमा दुई रुपैयाँ तथा मट्टितेलमा डेढ रुपैयाँ मूल्य बढाएको थियो । खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाएको थियो ।

अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकोले मूल्य बढाउनु पर्ने बाध्यात्मक अवस्था आएको भन्दै बुधार निगमले मूल्य समायोजन गरेको थियो ।

निर्वाचनको समयमा मूल्य बढाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मूल्यबृद्धि फिर्ता लिन विभागीय मन्त्रीलाई निर्देशन दिएका थिए ।

मूल्यवृद्धिपछि निगमलाई १५ दिनमा १ करोड ९७ लाख रुपैयाँ नाफा हुने प्रक्षेपण गरिएको थियो ।

मूल्य यथावत राख्ने निर्णयले निगमको घाटा २० करोडभन्दा माथि पुग्नेछ भने आपूर्ति समेत प्रभावित हुनेछ । निगमलाई अहिले पनि डिजलमा प्रतिलिटर दुई रुपैयाँ २५ पैसा र ग्यास एक सिलिण्डरमा २ सय ४० रुपैयाँ घाटा छ ।

Published : Thursday, 2017 November 2, 11:12 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया