यी हुन् ज्यानमाराका समर्थक, ढुंगेललाई छाड्न माग

काठमाडौं । सर्वोच्च अदालतबाट व्यक्ति हत्या गरेको अभियोगमा सर्वस्वसहित आजीवन काराबासको सजाय पाएका माओवादी केन्द्रका नेताका बालकृष्ण ढुंगेललाई छाड्न योङ कम्युनिष्ट लिगका अध्यक्ष रामप्रसाद सापकोटाले माग गरेका छन् ।

अध्यक्ष सापकोटाले मंगलबार विज्ञप्ति जारी गरेर ज्यानमारा ढुंगेललाई रिहा गर्न माग गरेका हुन् । उनले ढुंगेललाई रिहाइ नगरिए नेपाली कांग्रेसका नेताहरूलाई ठेगान लगाउने चेतावनी दिएका छन् ।

विज्ञप्तिमा अध्यक्ष सापकोटाले ढुंगेललाई तत्काल रिहाई नगरिए देशभरका ७७ वटै जिल्लामा कांग्रेसका र राप्रपाका नेताहरूमाथि मुद्दा दायर गरेर द्वन्दकालीन मुद्दा व्युताउने बताएका छन् ।

ज्यानमारा ढुंगेललाई पक्राउ गरेर प्रहरीले प्रशंसनीय काम गरेको भन्दै प्रशंसा भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का खास व्यक्ति वाईसिएलका अध्यक्ष सापकोटाले अपराधीलाई संरक्षणको माग गरेका हुन् । सापकोटाको चारैतिरबाट विरोध भइरहेको छ ।

Published : Tuesday, 2017 October 31, 7:38 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया