कांग्रेसको समानुपातिक सूचीमा को–को परे ?

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फ प्रतिनिधिसभाको लागि समावेस गरेको बन्दसूची आइतबार हेरफेर गरेको छ ।

हेरफेर गरेको बन्दसूचीमा कांग्रेसले सवैभन्दा माथि कांग्रेसका पाका नेता कुलबहादुर गुरूङ, संसदीय वोर्डका सदस्य बालकृष्ण खाँड, केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बढु, कोषाध्यक्ष सीतादेवी यादब, पूर्वकोषाध्यक्ष त्रिचलेखा यादब, केन्द्रीय सदस्य सुजाता कोइराला, बहादुरसिंह लामा, महिला नेतृहरू मीना पाण्डे, रीता खनाल, ईश्वरी न्यौपाने, सूर्यमान गुरूङ, नरहरि आचार्य, रामबहादुर बस्नेत, रामनाथ अधिकारीको नाम समावेस गरिएको छ ।

आइतबार हेरफेर गरिएको सूचीमा महिलो नम्वरमा नाम राखिएका कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम हटाइएको छ । महिला संघकी अध्यक्ष उमा रेग्मी यसअघि नैं समानुपातिक प्रणालीबाट सांसद भएकी झापाकी महेन्द्र लिम्वु समानुपातिकमै सिफारिस भएका छन् ।

न्यौपाने र गुरूङ यसअघि पनि समानुपातिकबाटै सांसद भएका थिए । त्यस्तै, वोर्ड सदस्य खुमबहादुर खड्काकी पत्नी शिला खड्का, केन्द्रीय सदस्य पुष्पा भूषाल र रामचनद्र पौडेलकी विश्वास पात्र कमला पन्तलाई पनि समानुपातिकको बन्दसूचीमा नाम समावेस गरिएको छ ।

खड्का र पन्त दोहोराएर समानुपातिकबाट सांसद बन्ने दाउमा छन्, तर स्रोतका अनुसार पन्तको नाम महिला कोटातर्फ पुछरमा राखिएको छ ।

गच्छदारको पाँच सिफारिस

नेपाली कांग्रेसले भर्खरै पार्टीमा बिलय भएको नेपाल लोकतान्त्रिक फोरमका नेता बिजयकुमार गच्छदारको सिफारिसमा पाँच जनाको नाम बन्द सूचीमा राखिएको छ । समाचार स्रोतका अनुसार गच्छादारले पार्टीका तत्कालिन महासचिव भारतेन्दु मल्लिकको नाम एक नम्वरमा सिफारिस गरेका छन् । उनले सिफारिस गरेका वाँकी चार जनाको नाम गोप्य राखिएको छ ।

गच्छदारले यसअघि समानुपातिक सूचिमा नाम समावेस भएका मन्त्री तथा पार्टी उपाध्यक्ष भएका जितेन्द्रकुमार देव, डा. बाबराम पोखरेल, डा. सुवोधकुमार पोखरेल, गीता राणा क्षेत्रीलाई यस पटक राखेका छैनन् । चर्चित यूवा गणेश लामाले भने काभ्रे क्षेत्र नम्वर एकको क र ख मध्ये एउटा प्रदेशसभाबाट टिकट पाउने भएका छन् ।

पौडेल र सिटौला गुटका नेता रित्तो हात

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई फाईदा पुगोस वा नपुगोस भन्ने मतलब नराखी आफ्नै पार्टी भित्रका प्रतिष्पर्धीलाई सिध्याउन जरो काट्न लागेका छन् ।

यतिसम्मकी उनले बाजुराका स्थायी वासिन्दा भएर पनि दुई पटक कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका यूवा नेता बद्री पाण्डेलाई सिध्याउन प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष वा समानुपातिक कतै पनि उम्मेदवार बनाएनन् ।

बरू जिल्ला सभापति कबिराज पाण्डितलाई प्रतिनिधिसभाकै लागि उम्मेदवार बनाए । यो त एउटा उदाहरण मात्रै हो । देउवाको तारो बनेका वा कोपभाजनमा परेका आफ्नै गुटमा रहेर आफैलाई सयोग गरेपनि आफ्नो गुट इतरका नेता प्रकाशमान सिंहसँग राम्रो सम्बन्ध राखेको भन्दै दुइ पटक केन्द्रीय सदस्य भएका सुरेन्द्र प्रसाद पाण्डेलाई पनि प्रतिनिधिसभा वा प्रदेश सभा कतै पनि स्थान दिएका छैनन् ।

यतिसम्मकी देउवाले पार्टी विधानलाई धोति लगाउँदै कांग्रेसको सदस्यता लिएको पाँच बर्ष पनि नपुगेका डोल्पाका अंगद बुढालाई जिल्ला सभापति आफै घोषणा गरे र आफैले प्रतिनिधिसभाको लागि उम्मेदवार बनाए ।

रामचन्द्र पौडेल गुटको भनेर चिनिएका बैतडीका नरेन्द्रसिंह थापा, दार्चुलाका ललितसिंह बोहोरा, हुम्लाका जयपति रोकाया, जुम्लाका दिपबहादुर शाही, मुगुका खड्गबहादुर शाही, रूकुमका प्रेपप्रकाश वली, लमजुङका भेषबहादुर पौडेल, गोरखाका हरिबहादुर घले, रामेछापका लबश्री न्यौपाने, खोटाङका नरेशकुमार श्रेष्ठ, भोजपुरका नन्दमणी राइ र संखुवासभाका दीपनकुमार श्रेष्ठ जस्ता जिल्ला सभापतिलाई देउवाले प्रतिनिधिसभा त परै जाओस प्रदेश सभाको न प्रत्यक्षतर्फको उम्मेदवार बनाए, नत समानुपातिकमै राखे ।

देउवाले सिटौला निकटको भन्दै कालिकोटका सभापति हर्षबहादुर बम, सिन्धुपाल्चोकका बिकास लामा, पूर्वस्वास्थ्य मन्त्री तारमान गुरूङलाई समेत कतै टिकट दिएनन् ।

Published : Tuesday, 2017 October 31, 11:53 am

1 प्रतिकृया प्राप्त “कांग्रेसको समानुपातिक सूचीमा को–को परे ?”

  • बाजुरा को सन्दर्भमा भन्नू पर्दा मेरो गुनासो सबल शक्ष्यम र कांग्रेस कै नेता को हैसियत मा भन्नुपर्दा नि २५ औ मा पर्न्नुहुन्थ्यो जुन हामी बाजुरेलि जनता लाई गर्भ र सान को कुरो थियो।।।। जहाँ बर्दी पाण्डे को अपमान वो तेहा बाजुरेली कांग्रेस को अपमन भो जस्तो लग्दै छ ।।। जब हाम्रा अग्रज नेता दाइ बर्दी पाण्डे आफ्नो गृह जिल्ला मा प्रबेस हुदाको होस या कुनै पनि बेला होस उहाँ संग को जनलहर को बजुरेली कांग्रेस को आवस दिलौन्थ्यो ।।।। हो म पनि देउबा लाई नै मान्ने आउता लाई मान्ने विद्यार्थी नेता हु।।।। मलाइ गर्भ थ्यो बर्दी दाइ जस्तो नेता पाको छु भनेर जस्लाइ आज आयर अपमान को आगो पानी को वर्षा लगाइयो यो मलाइ र म जस्तै थुप्रो साथी लाई सैय छैन ।।। जहाँ आज हामिलाइ चुनाबी हौसाला थेयो त्यो छैन।।।।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया