‘मलाई सांसद बनाइदिनुस्’ भन्दै मंगल गुप्ताले…

कृष्णानागर । कपिलवस्तु जिल्लामा संघीय समाजवादी फोरम नेपालका नेता मंगल गुप्ताले प्रतिनिधि सभामा उम्मेदवारी दिने तयारी गरेका छन् ।

७४ वर्ष उमेर पार गरिसकेका गुप्ताले आफ्नो जीवनको अन्त्यमा सांसद बनेर मर्न पाए स्वर्गमा बास हुने थियो भनेर मतदाताहरू समक्ष आग्रह गर्ने गरेका हुन् ।

चुनावी कार्यक्रमलाई सुरु गरिसकेका संघीय फोरमका नेता गुप्ताले मतदाताहरूसँग एक पटकका लागि मलाई भोट दिनुस् भनेर मत माग्ने गरेका छन् ।

एकजना मतदाताले भने, ‘०७० सालको दोस्रो संविधानसभाका बेला पनि मंगल गुप्ताले एक पटकका लागि मलाई भोट दिनुस् भनेका थिए । अहिले पनि एक पटकका लागि भोट दिनुस् भनेका छन् । उनलाई कति पटक भोट दिने हो । गुप्ताले ७३ वर्ष पार गरिसक्नु भएको छ । अब जितेर पनि के गर्ने ?’

संघीय फोरमका नेता गुप्ताले कपिलवस्तु जिल्लाको क्षेत्र नं. ३ लाई आफ्नो चुनावी क्षेत्र बनाएका छन् । गुप्तासँग मतदाताहरू खुसी छैनन् । उनले मधेसका जनताका लागि कुनै पनि काम नगरेको आरोप मतदाताहरूले लगाउँदै आएका छन् ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिदै गर्दा कपिलवस्तु क्षेत्र नं ३ का मतदाताहरूले फेरि पनि मंगल गुप्ताले जनतालाई झुक्याउन खोजको आरोप लगाउन थालेका छन् ।

उता, कपिलवस्तु क्षेत्र नं. ३ मा नेपाली कांग्रेसको तर्फबाट युवा नेता अभिषेक प्रताप शाहले उम्मेदवारी दिँदै छन् । संघीय फोरमबाट भर्खरै कांग्रेस प्रवेश गरेका शाह सो क्षेत्रमा प्रभावशाली रहेको टिप्पणी हुने गरेको छ ।

Published : Sunday, 2017 October 29, 4:40 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया