क्रिश्चियनहरूलाई अब जेल हाल्ने, बल्ल बन्यो कानून

काठमाडौं । कम्युनिष्ट पार्टीहरूको आचरण र आर्थिक प्रलोभनका कारण नेपालमा क्रिश्चियनहरूको मुभमेन्ट दिनप्रति दिन बढिरहेका बेला धर्म परिवर्तनका लािग दवाव दिनेलाई कारबाहीको माग उठेको छ ।

हिन्दूधर्मालम्वीहरूको भोटले ठूला पार्टी बनेका कम्युनिष्टहरूले अहिले हिन्दू धर्मको नामो निशान अन्त्य गर्ने बाटोमा हिँडिरहेका छन् । धर्म परिवर्तनलाई रोक्न प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले कडा कानून ल्याएको छ ।

२०६२–२०६३ को जन आन्दोलनपछि धर्म निरिपेक्षको आडमा नेपालभित्र डरलाग्दो ढंगले बढ्दै गएको धर्म परिवर्तनलाई अब अपराध मानिने र कडा सजायको भागिदार हुनु पर्नेछ ।

देउवा सरकारले धर्मपरिवर्तनलाई फौजदारी अपराध बनाएपछि नयाँ कानूनको एउटा दफामा कसैले पनि धर्मान्तरणमा संलग्न हुन वा त्यसका लागि प्रोत्साहन गर्न हुँदैन भनी उल्लेख गरिएको छ ।

धर्मान्तरणमा संलग्न पाइएमा पाँच वर्षको कारावास सजाय र पचास हजार रुपैयाँसम्मको जरिवानाको व्यवस्था गरिएको छ । विदेशीहरू धर्मपरिवर्तनमा संलग्न पाइएमा कारावास सजाय भोगेको सात दिनभित्र देशनिकाला गरिने उल्लेख छ ।

लामो समयसम्म हिन्दू अधिराज्यका रूपमा रहेको देशले धर्मनिरपेक्षता घोषणा गरेको एक दशकपछि अनि नयाँ संविधान घोषणा गरेको दुई वर्षपछि धार्मिक स्वतन्त्रतामा संशोधित फौजदारी नियन्त्रण लगाएको छ । संविधानको धारा २६ ले पनि धर्मपरिवर्तनलाई निषेध गरेको छ ।

अनियन्त्रित र बढ्दो धर्मान्तरणले नेपाली मौलिक संस्कृति र सभ्यतालाई विनाश गरेर देशमा धार्मिक उपनिवेश कायम हुने खतरा बढेको थियो । यो कुनै एउटा धर्म, जाति या समुदाय विशेषको समस्या नभएर देशव्यापी समस्या थियो ।

यो कानुनले यसलाई केहि हदसम्म भए पनि सम्बोधन गर्ने बिश्वास लिइएको छ ।

नेपालमा धर्म परिवर्तन गर्न नपाइने नयाँ कानूनको तुरुन्त खारेज हुनु पर्ने भन्दै केट शेलनटले क्रिस्चियानिटी टुडेको अनलाइन संस्करणमा बुधवार लेख नै लेखेका छन् ।

‘नेपाल सरकारले प्रतिगामी कदम चालेको छ किनकि यो कानूनले हाम्रो अभिव्यक्ति स्वतन्त्रता र हाम्रो धर्म वा विश्वासको स्वतन्त्रतामाथि कठोर नियन्त्रण गर्छ’, क्रिस्चियन सोलिडारिटी वर्ल्डवाइडसँग कुरा गर्दै रिलिजियस लिबर्टी फोरमका अध्यक्ष पास्टर टंक सुवेदीले बताएका छन् ।

Published : Saturday, 2017 October 28, 8:22 am

1 प्रतिकृया प्राप्त “क्रिश्चियनहरूलाई अब जेल हाल्ने, बल्ल बन्यो कानून”

  • Nepalma jun crishian nimti
    kanun baneko chha sarasar galat chha.
    malai lagchha crischian harule
    jabarjasti dharma parinartan garera cherch januparchha
    bhanera gareko hoina kunai pani manchhe raharle
    charchma gayeko hudaina jati pani crischian haru cherch gayeko chha manchhe jaba samma manchhe birami parera
    marne belama cherch gayeko hunchha ma manchhu ki gau sahar gayera yesuko sandesh sunauna chahi janu bhayeko chha tara cherchma janai parchha bhani Hamile jabarjasti chahi garko chhaina malai lagchha Harek manchhele afno manle khayeko dharma mannu paunu parchha khana paunu parchha Hidna paunuparchha Hamile koi pani bideshi ayera
    Hamro dharma mannu bhanera garsko chhaina gardainau pani hami sacho ishorko sandesh sandesh sunauchhau.
    sarkarle pani investication garna saknuhunchha
    ki cherchama jabarjasti lyako ho hoina tehi bhayera ho ni nepalma pragati nabhayeko aru deshma kati bikash bhaisako
    jaha dharma niripesha chha
    jaha isai chhan teha ishorle pani ashis dinubhako chha Amerika.japan.koriya.china.kina manchhe jana khojchhan
    teha ishorko ashish chha nepalma sabai dharmalai adar gareko garsko bhaye nepal ma dherai bikash bhaisaktho.
    antama k bhanna chahanchhu bhane
    malai kunai pani manchhe charch janai parchha bhanera kar garko hoina jarur malai kasaile sandesh sunayeko thiyo
    buwa birami parera marna lage pachhi cherch gayera niko bhayeko ho jaha doctor.dhami le nabhayera cherchma niko bho manchhe marnu bhanda bahulaunu besh bhaneghai rmlago ra hajur pani jarur 1din cherchma janai parchha.

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया