ओखलढुंगामा एमालेको चुनावी प्रचारक ज्यानमारा ढुंगेल

काठमाडौं । उज्जान श्रेष्ठ हत्याकाण्डमा आजीवन काराबासको सजाय पाएर भाग्दै हिँडेका बालकृष्ण ढुंगेललाई एमालेले संरक्षण गर्ने भएको छ । ढुंगेललाई सरक्षण गर्न केपी ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष कमिटमेन्ट गरेका छन् ।

वाम गठबन्धन र निर्वाचनपछि एमाले–माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति गरेका ओली–प्रचण्डले हत्यारा, ज्यानमारा, लुटपाट, डकैती जस्ता सबै अपराधमा संलग्नहरूको संरक्षण गर्ने भएको रहस्य खुलेको छ । हुन पनि एमालेका अध्यक्ष ओलीले गुन्डा नाइकेहरूलाई धमाधम एमालेमा प्रवेश गराइरहेका छन् । यसको पछिल्लो उदाहरण गुन्डा नाइके दीपक मनाङ्गे हुन् ।

ओखलढुंगाका उज्जन श्रेष्ठको हत्या अभियोगमा ढुंगेलले सर्वस्वसहित आजीवन काराबासको सजाय पाएका छन् । राजनीतिक संरक्षणको आढमा ढुंगेल काठमाडौंमा गतिविधि गर्दै आएका छन् । त्यति मात्रै होइन ढुंगेल उच्च प्रहरी अधिकारी र सांसदहरूसँगै सार्वजनिक कार्यक्रममा सहभागी हुँदै पनि आएका छन् । तर उनलाई पक्राउ गरिएको छैन ।

उनै ज्यानमारा ढुंगेललाई जोगाउन केपी ओली र उनको दल एमाले कम्मर कसेर लागेको छ । ज्यानमारा ढुंगेललाई पक्राउ गर्न अधिवक्ता दिनेश त्रिपाठीले फेरि सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सर्वोच्चले ढुंगेललाई पक्राउ गर्न आदेश दिनेछ । तर, ढुंगेललाई अब प्रचण्डले होइन केपी ओलीले बचाउनेछन् ।

उनै ज्यानमारा ढुंगेल ओखलढुंगामा एमालेका उम्मेदवारहरूका पक्षमा खुलेर भोट माग्दै हिँड्न थालेका छन् । एमालेले प्रतिनिधि सभाका लागि यज्ञ सुनुवारलाई टिकट दिएको छ । सुनुवारको चुनावी कमाण्डर उनै ज्यानमारा ढुंगेललाई बनाउने तयारी एमालेले गरेको छ । चुनावी प्रचारको कमाण्डर ढुंगेललाई बनाउँदा उनको राजनीतिक यात्रा पुनः जोडिएर आउने माओवादीको बुझाइ छ । तर, ढुंगेललाई अगाडि नल्याउने पक्षमा यज्ञ सुनुवार रहेका छन् ।

माओवादी र एमालेको आन्तरिक द्वन्द्वको फाइदा कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको टिकट पाएका युवा नेता रामहरि खतिवडालाई पर्ने देखिएको छ । खतिवडाले कानूनी शासन, विकास र आर्थिक समृद्धिको नारा दिँदै आएका छन् ।

स्थानीय तहको निर्वाचनमा ओलखढुंगामा कांग्रेसले चार स्थानीय तह जितेको छ । माओवादी र एमालेले चार स्थानीय तह पाएका छन् । स्थानीय तहको आँकडा हेर्ने हो भने ओखलढुंगामा कांग्रेस बलियो अवस्थामा छ । ढुंगेलका विरोधी एमालेका मतदाताले कांग्रेसका खतिवडालाई नै मतदान गर्ने बुझाइ कांग्रेस ओखलढुंगाको छ ।

– यूनाइटेड पोष्ट साप्ताहिकबाट साभार

Published : Thursday, 2017 October 26, 8:21 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया