राप्रपाका मन्त्रीले काटे कालो बोके

काठमाडौं । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री बिक्रमबहादुर थापाले कालो बोको काटेर झण्डोत्तोलन गरेका छन् ।

केही दिन अगाडि सपथ लिएका मन्त्री थापाले सोमबार आफू निकटका सीमित व्यक्ति र कार्यकर्तालाई बोलाएर झण्डोत्तोलन गरेका हुन् । आफ्नै निवासमा मन्त्री थापाले पूजा गरेर कालो बोको काटेर प्रसादका रुपमा बाँडेका हुन् ।

मन्त्री थापालाई सोही क्रममा सात जनाको नेपाली सेनाको टोलीले सलामी समेत दिएको थियो ।

राप्रपाबाट मन्त्री बनेका थापाले पुल्चोकस्थित मन्त्री निवासमा ठाउँ नपाएपछि आफ्नै घरमा बसोबासको व्यवस्था मिलाएका छन् ।

Published : Monday, 2017 October 23, 5:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया