मुलुक अवस्था विग्रियो, म नेतृत्व लिन तयार छु : पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले चाहेको अवस्थामा आफू मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार रहेको बताएका छन् ।
शनिबार काठमाडौंको कमलादीस्थित बहिनी शोभा शाहीको हाटबाट भाइटीका लगाएपछि पत्रकारसँग कुरा गर्दै पूर्व राजा शाहले मुलुक नेतृत्वविहीन भएको अवस्थामा जनताको इच्छा अनुसार नेतृत्व लिन आफू तयार रहेको बताए ।
‘अहिलेको मुलुकको परिस्थितिलाई नियाल्ने हो भने मुलुक नेतृत्वविहीन बनेको छ’, उनले भने, ‘जनताको चाहना र इच्छाका भरमा म मुलुकको नेतृत्व सम्हाल्न तयार छु । यसलाई सक्रियताको रुपमा हेर्नु हुँदैन ।’ पूर्वराजा शाहले संविधान कार्यान्वयन गर्ने समय आएको समेत बताए ।
पूर्वराजा शाहले बहिनी शोभा शाहीको हातबाट १० बजेर ४५ मिनेटको राजपुरोहितले तोकेको साइतमा भाइटीका लगाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
यसमा तपाइको मत