धादिङमा माओवादीको पत्ता साफ, दुबै सिट एमालेको पोल्टामा

धादिङ । एमाले र माओवादी केन्द्रबीच धादिङ जिल्लामा वाम तालमेलको भावना र मर्मअनुसार सिट संख्या बाँडफाँट भएको छ ।

दुबै दलका नेताहरूको सहमतिमा सिट संख्या वितरण गरिएको हो । धादिङ जिल्लामा एमाले र नेपाली कांग्रेसबीच कडा टक्कर छ । तालमेलसँग कांग्रेसलाई धादिङमा कठिन यात्रा सुरु हुनेछ ।

प्रतिनिधी सभा निर्बाचन क्षेत्र न १ एमालेको भागमा परेको छ । क्षेत्र नं. १ को प्रदेश सभा निर्बाचन क्षेत्र नं. (क ) एमाले (ख) मा माओवादी केन्द्रलाई दिइएको छ ।

प्रतिनिधी सभा निर्बाचन क्षेत्र नं. २ मा एमालेले पाएको छ । क्षेत्र नं. २ को प्रदेश सभा निर्बाचन क्षेत्र नं. (क) माओवादी केन्द्र र (ख) एमालेलाई सिट वितरण गरिएको छ ।

धादिङ जिल्लाबाट माओवादी केन्द्रले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने बाटो बन्द भएको छ । अब माओवादीका मतदाताले एमालेका उम्मेदवारलाई मतदान गरेर प्रतिनिधिसभामा पठाउनु पर्नेछ ।

Published : Friday, 2017 October 20, 9:37 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया