बालुवाटारमा भयो कमाल, पूर्वमन्त्री कांग्रेसमा प्रवेश

काठमाडौं । पूर्वमन्त्री एवम् अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

खड्कालाई कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा भित्र्याएका हुन् । विगतमा कांग्रेसमा रहेका खड्काले ५ वर्ष अगाडि अखण्ड पार्टी गठन गरेका थिए ।

पूर्वमन्त्री समेत रहेका खड्का पुनः कांग्रेसमा फर्किएका छन् । बालुवाटारमा आइतबार भएको विशेष कार्यक्रममा सभापति देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासहित नेताले कांग्रेसमा भित्र्याएका हुन् ।

Published : Monday, 2017 October 16, 8:36 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया