डा.लोहनीको आधा पार्टी राप्रपा (प्रजातान्त्रिक)मा बिलय

काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का वरिष्ठ नेता केशरबहादुर विष्ट दलबलसहित पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)मा प्रवेश गरेका छन् ।

काठमाडौंको चाबहिलस्थित राप्रपा (प्रजातान्त्रिक)को पार्टी मुख्यालयमा शनिबार आयोजित विशेष कार्यक्रममा वरिष्ठ नेता विष्ट राप्रपा (प्रजातान्त्रिक)मा प्रवेश गरेका हुन् ।

नेता विष्टसँगै एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का दर्जनभन्दा धेरै केन्द्रीय सदस्यहरूलाई अध्यक्ष राणाले पार्टी प्रवेश गराएको राप्रपा (प्रजातान्त्रिक)का प्रवक्ता किरण गिरीले जानकारी दिए ।

सो कार्यक्रममा अध्यक्ष राणाले प्रजातान्त्रिक शक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयास स्वरुप वरिष्ठ नेता विष्टसहितका नेताहरूलाई राप्रपा (प्रजातान्त्रिक)मा समाहित गराइएको बताए ।

यसैबीच, एकीकृत राप्रपा (राष्ट्रवादी)का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले विज्ञप्ति जारी गरेर वरिष्ठ नेता विष्टलाई राप्रपा (प्रजातान्त्रिक)मा स्थिर भइ राजनीति गर्न सुझावसहित बधाइ दिएका छन् ।

Published : Sunday, 2017 October 15, 10:26 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया