देउवाको एक शब्दमा ओलीको घमण्ड चक्नाचुर, आत्तियो एमाले

काठमाडौं । एमालेका अध्यक्ष केपी ओली संसदको अन्तिम बैठकमा नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवाको तेजोबद्ध गर्न आधा घण्टा खर्चे । कांग्रेस र प्रधानमन्त्रीसँग अत्याधिक डराएको जस्तो देखिएका ओलीले आफ्नो सम्बोधनभरि अश्लील बाहेकका सबै शब्द प्रयोग गरे ।

एमाले ठूलो पार्टी भएको दाबीदेखि आउँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एमालेले दुईतिहाई बहुमत ल्याउने दाबीसम्म गर्न भ्याए । ओलीले प्रधानमन्त्री देउवालाई आचार संहिता उल्लंघन गरेर मन्त्रिमपरिषद विस्तार गरेको भनेर पटक–पटक दोहोर्‍याएर र्‍याखर्‍याख पारे ।

अत्यन्तै तल्लोस्तरको सम्बोधन गरेका ओलीले प्रधानमन्त्री पद र संसदको गरिमा नरहने गरेर धारणा राखेका थिए । एमाले र माओवादी केन्द्रका सांसदहरूले रमाइलो मानेर सुने । बेलाबेला कांग्रेस र देउवालाई गाली गर्दा तालसमेत पिट्न भ्याए ।

जब प्रधानमन्त्री देउवाले संसदलाई सम्बोधन गरे सबै चकित परे । ओलीले जस्दै छुद्र शब्द प्रयोग गरेर देउवाले सम्बोधन गर्छन् होला भनेर धेरैको अनुमान थियो । तर, देउवाले मन्त्रिपरिषद विस्तार प्रधानमन्त्रीको विशेषाधिकार र संविधानभित्र रहेर गरेको जवाफ दिए । त्यति मात्रै होइन देउवाले भने, ‘राष्ट्रपतिलाई एमालेले धेरै उचाल्न खोज्यो तर, राष्ट्रपति उचालिनु भएन । त्यसका लागि राष्ट्रपतिलाई धेरै धेरै धन्यावाद ।’

देउवाको यो एक मिनटभित्रको जवाफले ओली कालोनिलो हुन पुगे । प्रधानमन्त्रीलाई औँलो देखाइदेखाइ रोष्टमबाट आधा घण्टा लगाएर रोष्टमबाट बोलेका ओलीलाई मुखभरिको जवाफ आएको भन्दै कांग्रेसका सांसदहरूले टिप्पणी गरेका थिए ।

देउवाको त्यही सम्बोधनले ओलीको घमण्डलाई चकनाचुर बनाइदिएको कांग्रेसको दाबी छ । ओलीमा पलाएको घमण्डले स्वयं ओली र एमालेलाई घाटा हुने पक्का रहेको समेट सांसदहरूले टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले एमाले र केपी ओलीलाई अहिले पनि कांग्रेससँग ठूलो डर रहेको बताए । ‘कांग्रेस राजनीतिको बाघ हो । केपी ओली र एमाले डराएका छन् । पराजित मानसिकतामा छन्’, खतिवडाले भने, ‘कांग्रेससँग डराएर नै ओलीले माओवादीसँग पार्टी एकता र वामगठबन्धन बनाएका छन् । यसलाई के भन्ने ?’

Published : Sunday, 2017 October 15, 9:20 am

3 प्रतिकृया प्राप्त “देउवाको एक शब्दमा ओलीको घमण्ड चक्नाचुर, आत्तियो एमाले”

  • oli jasto tallo starko bhasa bolne kendriy neta kam holan nepal ma
    pm le testai bhasa boleko bhay oli bhanda pani girthy hola

  • कम्यनिष्ट अाचरण नभएका धेरै सिक्न बाकी छन । धुर्बीकरण हुन चाहिँ राष्ट्र को लागि राम्रो हो ।। कंगेश जहिले पनि एक नम्बर हो , एस्मा दुई नै छैन जस्ले जे भनिरहे पनि।।।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया