देवी ज्ञवालीले एमाले छाड्ने ! कुन पार्टीमा प्रवेश गर्लान् ?

काठमाडौं । भरतपुर महानगरपालिका पराजित मेयर देवी ज्ञवालीले एमाले पार्टी परित्याग गर्ने योजना बनाएका छन् ।

एमाले र माओवादी केन्द्रबीच भएको वाम गठबन्धन र पुष्पकमल दाहाल चितवनबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी भएपछि ज्ञवालीले एमाले परित्याग गर्ने तयारी गरेका हुन् । उनले आफू निकटका एमाले नेताहरूसँग प्रचण्डसँग एउटै पार्टीमा बस्न नसक्ने सुनाएका छन् ।

‘मलाई हराउन प्रचण्डले कांग्रेससँग मिलेर ठूलो षड्यन्त्र गरे’, ज्ञवालीको भनाइ उदृत गर्दै एमाले चितवनका एकजना पदाधिकारीले भने, ‘प्रचण्डको पक्षमा मत माग्नुभन्दा बरु एमाले पार्टी नै छाडेर स्वतन्त्र रुपमा बस्छु ।’

प्रचण्डले आफ्नी छोरी रेणु दाहाललाई जिताउनका लागि नेपाली कांग्रेससँग तालमेल र जालझेल गरेर ज्ञवालीलाई पराजित गराएका थिए ।

भरतपुर महानगरपालिकाको मेयरमा जितेर पनि हारेका ज्ञवालीले माओवादी केन्द्रलाई कुनै पनि हालतमा आफूले सहयोग गर्न नसक्ने बताउँदै आएका छन् ।

प्रचण्ड चितवनमा प्रतिस्पर्धा गर्ने हो भने देवी ज्ञवालीको राजनीतिमा कहिल्यै पनि उन्नती हुने छैन ।

स्रोतका अनुसार एमाले परित्याग गरेपछि ज्ञवाली नेपाली कांग्रेस वा अन्य साना दलहरूमा प्रवेशको तयारी थालेका छन् । ‘देवी ज्ञवाली एमाले र एमालेका नेताहरूसँग बिरक्तिनु भएको छ’, स्रोतले भन्यो, ‘विशेष गरेर केपी ओली र प्रचण्डको व्यवहारबाट आजित हुनुहुन्छ ।’ बरु निस्वार्थ भावना राखेर कांग्रेसलाई सहयोग गर्ने तयारी गरेको आफन्तले समेत बताएका छन् ।

नेता ज्ञवालीले आफूलाई हराउन ठूलो भूमिका खेल्ने प्रचण्डको प्रचार गर्न केपी ओलीले निर्देशन दिएकोमा पनि चित्त दुखाएका छन् । उनले ओलीको निर्देशनलाई कहिल्यै नमान्ने जवाफ समेत फर्काइ सकेका छन् ।

Published : Tuesday, 2017 October 10, 6:03 pm

15 प्रतिकृया प्राप्त “देवी ज्ञवालीले एमाले छाड्ने ! कुन पार्टीमा प्रवेश गर्लान् ?”

  • देवी ज्ञवाली ज्यु आवेगले कसैको जय हुदैन तपाईंलाई हराउन त कांग्रेसले माओवादी लाई समर्थन नगरेको भए सम्भव थिएन । तर तपाईंलाई जुन पिढाले सताई रहेको छ । त्यो पिढाको उपचार अरू कुनै पाटिमा लागेर सम्भव पनि छैन । त्यसकारण बैगुनी लाई गुनले मार्नुपर्छ । आगामी चुनावमा प्रचण्डलाई सक्दो सहयोग गर्नुस् । ताकि प्रचण्डलाई समेत पस्चाव होस् कि मैले देवी ज्ञवालीलाई अन्याय गरेको रैछु भन्ने कुराको !!

    • बैगुनिलाइ गुनले मार्नुनै बेस होला ।जाहा गयनी यस्तै हो स्वर्थको राजनिती

  • तपाई प्रति उच्च सम्मान छ, त्यसो केहि नगरौं

  • देबि कमरेड तपाइ मातर होइन हामी जस्तालै पनि तेस्तै भाको छ ।

  • जस्ले जे भने पनि पार्टी नछोड्नु भए राम्रो यदि छोड्नु नै हो भने नेपाल को
    प्रजातान्त्रिक मानेता भएका र आफुले जे सोचेको गर्न सकिने पार्टी भनेको
    नेपाली काग्रेस पार्टी मा प्रवेश गर्नु भए नेता ज्यु ।अरु सानो तिनो पार्टी मा
    नजानु होला ।
    तपाईको राजनिती जीवन शु-भा रहोस ।
    नमस्कार धन्यवाद ।।।।

  • निश्ठाको राजनीति नेपालमा हावी छैन तसर्थ तपाईं जस्तो इमानदार राज्नैतिक सिपाहीले स्वार्थी नेता बाट पाउने पुरस्कर यहीँ नै हो।बिचार गर्नुस तर लोकतन्त्र प्रति को बिश्वास कायम राख्नुस र कुनै लोकतान्त्रिक दललाई रोज्नुस

  • desko bhalai ko lagi tapae le pani vhote dinu parcha aaves ma na aaunus
    tape aafno kurchi ko lagi horaicha bhane janta le tha paucha

  • देबि जि, तपाई निष्टाको राजनिती गर्ने हो भने विवेकशील साझा स्वागत गर्दछ ।

  • Devigi Hugo tapaelai harauni parchand lai gitaunu vaneko chaey herer virbat fangalnu ho tasart heartly welcome nepali congress and next election you will be chairman of bhartpuur
    God bless you thanks

  • आदरणीय देबि कम्रेड मन लाई यतिकमजोर नबाउनुहोस। स्थानीय तहको निर्वाचन मा मावोबादी तपाईंको प्रतिस्पर्धि थिए । विपक्षीलाई हराएर जित आफ्नो पोल्टो मा पार्न खोज्नु नै खेलाडी को खेल हो । तर बिडम्बना यो हो कि नेपाली काङ्ग्रेस ले मावोबादी को घोडा चडेर तपाई लाई पराजित गरेको हो । कम्रेड राजनीति भनेको नै संघर्स हो !!

  • हुन पनि के नाकले बसिरहनु देवी जी ले एमालेमालेमा , प्रचण्ड र केपीले कार्यकर्ताको लाष्टै चित्त दुखाएका रहेछन ।

    आफूले संघर्ष गरेको त्याग गरेको पार्टीले न्याय नदिए पछि अरु पार्टीलाई दोष दिनु मुर्खता होईन र ?

  • Khelauna banaune haruka pachhadi kati din lagnu hunxa. Ko sang milda badala lina sakinxa.tesari nai nirnaya linihos.tasarth bis nabhayako sarpa lai kasaile terdaina.

  • श्याबास देवी जी, सिद्धान्त मा अाधारित राजनीति भनेकाे यही हाे । मेराे निष्ठा, त्यस पार्टी ले लिएको सिद्धान्त प्रति हुन्छ । भाेली त्याे पार्टी ले सिद्धान्त परिवर्तन गर्छ , देश हित बिपरीत कार्य गर्छ वा मानाै शत्रु देश सित मिलेर कार्य गर्छ भने मेराे निष्ठा त्यही पार्टी सित रहि रहन्न , बरु स्वतन्त्र भएर बस्न सकिन्छ ,यदि राजनीति पेशा हाेईन भने ।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया