पूरा भयो दङ्गालीहरूको सानो सपना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पारित

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक २०७४ संसदबाट पारित भएको छ ।

संसदको मंगलबार बसेको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलद्वारा पेस गरिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक सर्वसम्मतले पारित भएको हो ।

विधेयक पारित गराउन कांग्रेस, एमाले, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक सहितका सांसदहरूले विशेष पहल गरेका थिए ।

विधेयक पारित भएसँग दाङको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानका रुपमा परिणत भएको छ ।

तत्काली प्रधानमन्त्री सुशील कोइरालाको पालामा राप्ती उपक्षेत्रीय अस्पताल घोराहीलाई ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान’ बनाउन पहल भएको थियो । कोइरालाको सो अभियानलाई त्यसपछिका सरकार र सरोकारवाला मन्त्रीहरूले निरन्तरता दिएका थिए ।

प्रतिष्ठान बनाउन घोराहीबाट बेलाबेला आएका डेलिगेसनले पनि विशेष रुपमा दवाव दिदै आएको थियो ।

सो अस्पताल प्रतिष्ठान भएसँग सेवा सुविधा तथा चिकित्सा शिक्षाको पठन पाठन हुनेछ ।

विधेयक पारित गराउन दाङ जिल्लाका दीपक गिरी, राजु खनाल, अनिता देवकोटा, योगेन्द्र चौधरी, सुशीला चौधरी, पार्वती डिसी चौधरी, युवराज ज्ञवाली, रेखा शर्मा, रुक्मिणी चौधरी, गंगा चौधरीसहितका सांसदहरूले विषेश पहल गरेका थिए ।

Published : Tuesday, 2017 October 10, 4:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया