सुरु भयो बामदेव सिद्धाउने खेल, यसरी भयो जालझेल

काठमाडौं । माओवादी केन्द्रलाई एमालेमा विलय गराउन महत्वपूर्ण भूमिका खेलेका एमालेका उपाध्यक्ष बामदेव गौतमलाई सिध्याउन फेरि केपी ओलीले आफ्नो ‘किचन क्याबिनेटका चम्चा’हरूलाई परिचालन गरेको खुलासा भएको छ ।

प्रतिनिधि सभाका लागि उपाध्यक्ष गौतमलाई उम्मेदवार बनाउन बर्दिया र प्यूठान जिल्लाबाट सर्वसम्मत सिफारिस आएपछि ओलीले किचन क्याबिनेटमा कसरी हराउन सकिन्छ भनेर छलफल चलाएको उच्च स्रोतले जनाएको छ ।

ओलीले आफू निकटका नेताहरूसँगको गोप्य बैठकमा भने, ‘बामदेव गौतमले यसपटक जितेर आयो भने मलाई प्रधानमन्त्री बन्नबाट रोक्छ । प्रचण्डसँग राम्रो । माओवादीसँग मिलेर मलाई सिध्याउन भूमिका खेल्ने सम्भावना छ । जसरी हुन्छ हराउनु पर्छ ।’

ओलीको गोप्य बैठकमा सहभागी एमाले प्रचार विभागका उपसंयोजक एवम् ओलीका ‘चम्चा’ सूर्य थापाले उपाध्यक्ष गौतमलाई हराउन आफूलाई जिम्मेवारी दिन आग्रह गरेका थिए । त्यसपछि ओलीले गौतमलाई प्यूठानमा टिकट नदिने, यदि दिनै प-यो भने अन्तरघात गरेर हराउन निर्देशन दिएका छन् ।

कुनै बेला पत्रकारिता गर्ने सूर्य थापा एमालेको पार्टी मुख्यालयमा बसेर ठूला नेताहरूको चाकडी गरेर केन्द्रीय सदस्यको हैसियत बनाएका छन् । प्रतिनिधि सभाबाट जितेर आई मन्त्री बन्ने सपना देखेका थापाको योजना गौतमले फेरि पनि तुहाइ दिने पक्का छ ।

यसअघि स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष गौतम निकट मानिने प्यूठान जिल्लाका उम्मेदवारहरूलाई सूर्य थापासहितको समूहले अन्तरघात गरेर हराएको थियो ।

त्यति मात्रै होइन सूर्य थापाले उपाध्यक्ष गौतमविरुद्ध समाचार समेत लेखाएका थिए । समाचार थापा आफैले लेखेर एमाले निकटका त्यसमा पनि ओली गुटका सञ्चारमाध्यमबाट प्रकाशित गराएका थिए ।

ओलीले पार्टीमा पछिल्लो समय उपाध्यक्ष गौतमसँग आफूलाई असुरक्षित महसुस गर्दै आएका छन् । गौतमले पार्टीभित्र रहेको उमेर हदको प्रावधान हटाएर एमालेको अध्यक्ष बन्ने योजनामा लागेका छन् । गौतमको यो योजनालाई भरखरै चैते एमाले बनेका प्रचण्डले साथ दिएको स्रोतको भनाइ छ ।

गौतम र प्रचण्ड मिलेर ओलीसहितका एमालेका नेताहरूलाई ठेगान लगाएर सत्ता र एमालेभित्र दाइमार्ने योजनामा उनीहरू रहेका छन् । यो योजना बुझेपछि ओलीलाई निद्रा समेत लाग्न छाडेको स्रोतको भनाइ छ ।

Published : Sunday, 2017 October 8, 8:59 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया