यसरी फसे ‘प्रचण्ड’, ओलीले थाले माओवादी सिद्धाउने षड्यन्त्र

काठमाडौं । उत्साहका साथ वामपन्थी गठबन्धन गराउन पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिद्धाउन एमाले अध्यक्ष केपी ओली नै सक्रिय भएको खुलासा भएको छ ।

ठूला–ठूला सपना देखाए एमालेसँग वामपन्थी गठबन्धन र पार्टी एकीकरणको बाटोमा हिँडेका प्रचण्डलाई ओलीले सुरुमै सिद्धाउन खेल रचेका हुन् । ओलीले प्रचण्डसँग एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा बामदेव गौतमलाई समेत निशानामा राखेको एमालेका एक नेताले बताए ।

हुन त माओवादी केन्द्र र त्यसका नेताहरूलाई सिद्धाउन केपी ओली र एमालेका नेताहरू लागेको बुझेर कृष्णबहादुर महरा, वर्षमान पुन, शक्ति बस्नेत, मातृका यादवसहितका नेताहरूले पार्टीभित्र बिद्रोह गर्दै छन् । गोपाल किरातीले त माओवादी केन्द्र पार्टीलाई पुनर्गठन गर्ने चेतावनी दिइसकेका छन् ।

‘प्रचण्डले एमालेलाई पटक पटक धोका दिएका छन्’, एमालेका एकजना स्थायी समिति सदस्यले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘माओवादी केन्द्र भन्ने पार्टी र प्रचण्डलाई सिद्धाउन केपी ओलीले ठूलो योजना बनाउनु परेको छ ।’

शेरबहादुर देउवालाई हटाएर प्रधानमन्त्री बनाउने आश्वासन दिएका ओलीले अहिले आएर त्यो विषयलाई निर्वाचन अगाडि नउठाउने भनेर सुरुवातीमै प्रचण्डलाई झट्का दिएका हुन् । स्रोतका अनुसार प्रचण्डलाई अहिले नै प्रधानमन्त्री बनाउँदा एमालेलाई निर्वाचनमा घाटा लाग्न सक्ने अनुमानसहित ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने खेलमा खासै ध्यान नदिएका हुन् ।

प्रधानमन्त्री बन्न नपाए पनि निर्वाचनपछि राष्ट्रपति बन्न पाउनुपर्ने भन्द्र प्रचण्डले लविङ थालेका छन् । तर, प्रचण्डको राष्ट्रपति बन्ने इच्छा पछि चकनाचुर हुने भएको छ । किन भने राष्ट्रपति बन्ने सपना देखेर सुवासचन्द्र नेम्वाङ बसेका छन् । नेम्वाङले ‘कार्यकारी प्रधानमन्त्री भइसकेको व्यक्ति राष्ट्रपति बन्न सुहाउँदैन, भारतलगायतका देशमा प्रधानमन्त्री बनेको व्यक्ति राष्ट्रपति बन्दैनन्’ भनेर उदाहरण दिन थालेका छन् ।

चीनको दवाव चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल सहितका केही सीमित नेताहरूको दवावमा परेर ‘माओवादी केन्द्र’ एमालेमा बिलय गराएका प्रचण्डलाई ६०–४० को बहानामा सिद्धाउने खेलको सुरुवात भइसकेको हो । प्रचण्डलाई सहज रुपमा प्रधानमन्त्री वा राष्ट्रपति बन्ने बाटोको अवरोध एमालेका दीग्गज नेताहरूले नै गर्ने छन् ।

एमालेमा रहेर लामो समयदेखि राजनीति गर्दै आएका नेताहरूले प्रचण्ड र माओवादी केन्द्रका नेताहरूलाई सहजै रुपमा निर्वाचनमा जित्न दिने छैनन् । ‘माओवादी केन्द्रका नेताहरूलाई जिताउने हो भने केन्द्रीय राजनीतिमा एमालेका नेताहरू पछाडि पर्छन्’, एमालेका ती नेताले भने, ‘निर्वाचनमा एमालेको भोट माओवादी केन्द्रले काट्न नसकोस् भनेर वामपन्थी तालमेल गरिएको हो ।’

एमालेका ती नेताले भने, ‘माओवादी केन्द्रलाई एमालेसँग भन्दा कांग्रेससँग गठबन्धन गरेर निर्वाचनमा गएको भए धेरै राम्रो हुने थियो । माओवादी आएर एमालेलाई नोक्सानी भएको छ । कांग्रेससँग मिल्दा माओवादीले स्थानीय निर्वाचनमा ठूलो फाइदा लिएको छ ।’

Published : Friday, 2017 October 6, 8:57 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया