संविधान कार्यान्वयनमा वामपन्थीहरू बाधक: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सत्ता साझेदार दल माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल एमालेबीच भएको वामपन्थी ध्रुवीकरणले मुलुकको लोकतान्त्रिक शासन व्यवस्थामा अशुभ संकेत दिएको ठहर गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधान कार्यान्वयनमा वामपन्थी ध्रुवीकरणले ठूलो धक्का दिएको निष्कर्ष निकाले को हो ।

नयाँ संविधानको कार्यान्वयनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गर्ने दिशामा सबैलाई मिलाएर सिंगो मुलुकअघि बढिरहेको बेला कम्युनिष्ट शक्तिहरूको मात्रै ध्रुवीकरणको सुरुवातलाई कांग्रेसले मुलुक र लोकतन्त्रमाथिको चुनौतिका रुपमा लिएको छ ।

बैठकमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकसामु उत्पन्न भएको चुनौतिलाई अवसरका रुपमा लिएर सामना गर्न सबैलाई आग्रह गरेको केन्द्रीय सदस्य प्रकाशशरण महतले बताए ।

माओवादी र एमालेसहितको गठबन्धन र तालमेल बन्ने भएपनि कांग्रेसले पनि लोकतान्त्रिक र राष्ट्रवादी शक्तिसँगको वार्ता प्रक्रियालाई तीब्रता दिएको छ ।

बैठकमा प्रधानमन्त्री देउवाले यही सरकारले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा सम्पन्न गर्ने बताउँदै आफूले लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन गर्न संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकलगायतका दलहरुसँग पनि छलफल सुरु गरेको जानकारी दिएका थिए ।

Published : Wednesday, 2017 October 4, 4:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया