झलनाथ खनालको अडानले ओली–दाहाललाई ठूलो झट्का

काठमाडौं । एमाले र माओवादी केन्द्रले पार्टी एकीकरणको तयारीका लागि बनाएको पार्टी एकता संयोजन समितिमा एमालेका वरिष्ट नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल नबस्ने भएका छन् ।

एमालेले संयोजन समितिमा अध्यक्ष केपी ओली, वरिष्ट नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमलाई राख्ने सहमति भएको थियो ।

माओवादी केन्द्रसँगको तालमेल र एकीकरण प्रक्रियामा असन्तुष्ट नेता खनालले विपक्षमा धारणा राखेपछि रिसाएका ओलीले खनाललाई हटाएर सो ठाउँमा महासचिव ईश्वर पोखरेललाई राखेको स्रोतको भनाइ छ ।

माओवादी केन्द्रबाट समितिमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापा रहेका छन् ।

Published : Tuesday, 2017 October 3, 3:35 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया