देउवा-दाहालबीच गोप्य वार्ता, यस्तो भयो सहमति

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच गोप्य वार्ता भएको छ ।

अध्यक्ष दाहालले मंगलबार बिहान बालुवाटार पुगेर कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवासँग एमालेसँग हुन लागेको सहमतिका विषयमा जानकारी गराएका हुन् ।

स्रोतका अनुसार दाहालले एमालेसँग पार्टी एकीकरण तथा संघ र प्रदेशको चुनावमा तालमेलको निर्णय लिनुअघि सो विषयमा परामर्श गरेको जनाइएको छ । देउवा र दाहालबीच आधा घण्टा एक्लै कुराकानी भएको थियो । यी दुई शीर्ष नेताबीच फेरि पुनः वार्ता हुने स्रोतको भनाइ छ ।

एमालेसँग एकीकरण र तालमेल नजिक पुगेको माओवादी केन्द्रले सत्ताको साथ नछाड्ने प्रतिबद्धता कांग्रेससँग गर्दै आएको छ ।

सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले एकीकरणका विषयमा छलफलबारे ब्रिफिङ गरेका थिए । एमाले र माओवादी केन्द्रबीच सम्भवत मंगलबार पार्टी एकीकरण र तालमेलका विषयमा समझदारी पत्रका हस्ताक्षर हुनेछ ।

देउवा र दाहालको आधा घण्टा लामो गोप्य वार्ताप्रति एमालेले आशंका जनाएको छ । कांग्रेस र माओवादी केन्द्रको गठबन्धन फुटाउने आफ्नो योजनामा तुषारापात हुने हो कि भन्ने आशंका एमालेका नेताहरूलाई रहेको स्रोतको भनाइ छ ।

Published : Tuesday, 2017 October 3, 11:40 am

2 प्रतिकृया प्राप्त “देउवा-दाहालबीच गोप्य वार्ता, यस्तो भयो सहमति”

  • के माओवादीको १० बरसें जनयुग़्द र २०६२/६३ को आन्दोलनको औचित्य समाप्त गरनै खोजेको हो त ??? बरु कांग्रेस संग धेरे बिचार हरू मिल्न जाँछ
    खुलेर गणतंत्र लाई स्वीकार समेत गार्न नसकने yamale संग कसरी पार्टी यकता हन sakla र ???

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया