‘पपउमावि’ भरतपुरका विद्यार्थीको पहिलो भेला काठमाडौंमा

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका भरतपुरस्थित तत्कालीन पद्मोदय पब्लिक उच्च मावि (पपउमावि)मा एकसाथै अध्ययन गरेका विद्यार्थीले काठमाडौंमा पाहिलो भेला गरेका छन् ।

स्कूलमा कक्षा दशसम्मसँगै अध्ययन गरेका सबै सेक्सनका विद्यार्थीले शनिबार काठमाडौंको सुन्धारास्थित काठमाडौं मलमा जम्मा भएर विगतको स्मरण गरेका हुन् । भेलामा सहभागी उपेन्द्र सुवेदीका अनुसार छोटो सूचनाका आधारमा जम्मा भएका त्यस बेलाका साथीहरूबीच दशैँको शुभकामना आदान प्रदान गरिएको थियो ।

भेलामा उपेन्द्र सुवेदी, मन के.सी., ईन्दु श्रेष्ठ, मञ्जु महत, रेशम अधिकारी, निराजन आचार्यसहितका थुप्रै तत्कालीन कक्षा दशमा अध्ययन गरेका विद्यार्थीको जमघट भएको थियो । भेला भएका विद्यार्थी ०५२–५३ सालको एसएलसी दिएकाहरू हुन् ।

त्यस क्रममा उनीहरूले आफूले अध्ययन गरेको विद्यालयका लागि पनि केही योगदान गर्न सकिन्छ कि भने प्रारम्भीक छलफल गरेका थिए ।

तत्कालीन पद्मोदय पब्लिक उच्च मावि भरतपुरमा कक्षा दशमा सँगै अध्ययन गरेका विद्यार्थीको सामाजिक सञ्जाल फेसबुकमा ग्रुप समेत बनाइएको छ । सुवेदीले भने, ‘त्यस बेला कक्षा दशमा सँगै पढेका विद्यार्थी साथीहरूसँग सहज रुपमा सम्बन्ध जोडनका लागि ग्रुप बनाइएको छ । अधिकांश साथीहरू त्यो ग्रुपमा जोडिदै छन् ।’

कक्षा दशका साथीहरूको बृहत भेला दशैँका बेला दाङको घोराहीमा असोज १८ गते हुँदैछ । त्यसको संयोजन गर्ने जिम्मेवारी गंगाराज आचार्यले लिएको सुवेदीले बताए ।

Published : Sunday, 2017 September 17, 10:51 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया