एमाले नेतृ शान्ता चौधरीले गरिन् गर्नै नहुने कार्य, सबै परे छक्क

काठमाडौं । निर्वाचन मौन अवधि चलिरहेका बेला एमालेकी बैकल्पिक केन्द्रीय सदस्य शान्ता चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत मतदातालाई प्रभावित बनाउने गरेर तस्बिर राख्नुका साथै स्ट्याटस लगेरख निर्वाचन आयोगलाई ठाडै चुनौती दिएकी छिन् ।

चौधरीले आइतबार बिहान करिव सात बजे आफ्नो फेसबुक वालमा मधेसमा प्रचारमा गएका बेला लिइएका नौ वटा तस्बिर राखेकी छिन् । तस्बिरमा एमालेको चुनाव चिन्ह प्रत्यक्ष रुपमा देखिएको छ ।

बैकल्पिक केन्द्रीय सदस्य चौधरीले स्ट्याटसमा ‘कति प्यारो छ यो झण्डा आमा बुवाको लागि हेर्नुसत !’ भनेर लेखेकी छिन् । उनको यो कार्यले कांग्रेस, माओवादी केन्द्रसहितका दलका उम्मेदवारहरूलाई ठूलो धक्का लाग्ने अनुमान गरिएको छ ।

मौन अवधिमा सामाजिक सञ्जालमा कुनै पनि चुनावी प्रचार प्रसार गर्न नपाइने उल्लेख छ । तर, कथित राष्ट्रवादी पार्टी एमालेकी नेतृ चौधरीको यो हर्कतको निर्वाचन आयोगले कसरी कारबाही अगाडि बढाउने हो हेर्न बाँकी छ ।

Published : Sunday, 2017 September 17, 9:58 am

1 प्रतिकृया प्राप्त “एमाले नेतृ शान्ता चौधरीले गरिन् गर्नै नहुने कार्य, सबै परे छक्क”

  • काङ्ग्रेश ले पुलिसलगायर एमाले भोटरलाइ घरमै बन्दी बनाउने लाइआचार सङहिता लाग्छकि लाग्दैन निधर निधिका नुन खाएर बसेकाप्रहरि लाए?????

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया