कांग्रेसका केन्द्रीय सदस्य पौडेल पक्राउ, बालुवाटारमा हंगामा

जापान । नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणमा परेका छन् ।

पार्टीको भातृ संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भाग लिन कांग्रेस सांसद धनराज गुरुङ र केन्द्रीय सदस्य पौडेललाई निम्त्याइएको थियो ।

टोकियोस्थित नारिता बिमानस्थल शनिबार आइपुगेका सांसद गुरुङलाई प्रवेश अनुमति दिइएको थियो । तर, पौडेललाई अध्यागमनले नियन्त्रणमा लिएको छ ।

झण्डै २४ घण्टा हुँदासमेत पौडेललाई अध्यागमनले नियन्त्रणमै राखेको छ । पौडेललाई रिहा गर्न टोकियोस्थित नेपाली राजदूतावास र नेपालबाट नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासमेतले फोन गरेर कोसिस गरेपछि सफल हुन सकेको छैन् । पौडेललाई नियन्त्रणमा राख्नुको कारण खुलेको छैन् ।

कार्यक्रमसँग असम्बन्धित व्यक्तिहरूलाई जापान लगेको आरोप नेता पौडेललाई लागेको स्रोतको भनाइ छ ।

जनसम्पर्क समिति जापानका अध्यक्ष डीपी कँडेलले कांग्रेस नेता पौडेल पक्राउ परेका विषयमा केही जानकारी दिन मानेका छैनन् ।

यसअघि एमाले नेता देवी ज्ञवाली, नयाँ शक्तिका नेता लगायतलाई अध्यागमनबाट फर्काइएको थियो सीपी गजुरेल लगायतका नेतालाई घण्टौं नियन्त्रणमा लिएर छाडिएको थियो ।

Published : Sunday, 2017 September 17, 8:41 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया