‘प्रचण्ड’को कार्यक्रम विथोल्न ‘नेकपा’द्वारा थवाङका अध्यक्ष अपहरण

रोल्पा । रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती बिहीबार राति करिब ११ बजेदेखि सम्पर्कविहीन भएका छन् ।

थवाङ–२ कोइचावाङमा रहेको ससुराली पुगेका घर्तीलाई सोही स्थानबाट १०/१२ जनाको समूहले सम्पर्कविहीन बनाएको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

अध्यक्ष घर्तीको खोजीका लागि थवाङ आसपासका प्रहरी युनिटबाट प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले जानकारी दिए ।

रोल्पाको टिलामा रहेको सशस्त्र प्रहरीको टोली पनि घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

सदरमुकाम लिवाङबाट आफ्नै नेतृत्वमा प्रहरीको एक टोली घटनास्थलतर्फ गइरहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।

थवाङ गाउँपालिकाको भदौ ३१ गते हुने प्रथम गाउँसभा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको हुँदा सो कार्यक्रम बिथोल्न विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले घर्तीको अपहरण गरेको हुनसक्ने अनुमान प्रहरीको छ ।

Published : Friday, 2017 September 15, 9:52 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया