हेटौँडामा जुवाको अखडामा छापा, ८ जना पक्राउ

हेटौँडा । दसैँ नजिकिएका बेला गैरकानूनी जुवातास खेल्ने आठजना जुवाडेलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ ।

बुधबार साढे पाँच बजे प्रहरीले गोप्य सूचनाका आधारमा जुवा तास खेलिरहेको स्थानमा छापामारेर जुवाडेहरूलाई पक्राउ गरेको हो ।

हेटौँडा उपमहानगरपालिका– ७ शान्तिटोलस्थित कुखुरा फर्ममा पैसाको हारजित हुने गरी बाजी राखी जुवा तास खेल्दै गरेका उनीहरूलाई पक्राउ गरिएको मकवानपुर प्रहरी प्रमुख विकास खनालले जानकारी दिए ।

जुवाको खालबाट प्रहरीले एक लाख तीस हजार छ सय पच्चीस रुपियाँ र १३ गड्डी ताससहित पक्राउ गरी जुवा ऐन २०२० बमोजिम दिन २ को म्याद थपेर आवश्यक अनुसन्धान भैरहेको खनालले बताए ।

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका बस्ने हरिप्रसाद तिमल्सिना, प्रितम राना मगर, सुनिल गुरुङ, लालबहादुर घलान, बद्रीप्रसाद तिमल्सिना, भक्तबहादुर लामिछाने, ईवनाथ दंगाल, मनिल थापा मगर (शिव) पक्राउ परेका छन् ।

Published : Thursday, 2017 September 14, 5:37 pm

1 प्रतिकृया प्राप्त “हेटौँडामा जुवाको अखडामा छापा, ८ जना पक्राउ”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया