साढे चार लाखको खसी, खाटबाट झर्न मान्दैन

नयाँदिल्ली । भारतको पुरानो दिल्लीस्थित जामा मस्जिद नजिकैको खसी बजारमा भीडभाड लागेको छ । त्यो भीडको आकर्षणको केन्द्र बनेको छ, खाटमा बसेको खसी ।
उत्तर प्रदेश निवासी साहब अली नामक खसी व्यापारीको राजा नामक यो खसीको मूल्य साढे चार लाख भारतीय रुपैँया बताइएको छ ।
राजालाई अलीले यतिसम्म पुल्पुल्याएका छन् कि ऊ खानका लागि पनि भुइँमा ओर्लिन मान्दैन । कहिलेकाहीँ हिँड्न मन हुँदा मात्रै राजा भुइँमा झर्छ ।
अली गत १५ वर्षदेखि खसी व्यापारका लागि पुरानो दिल्ली आइरहेका छन् । मेवती जातिको यो खसीलाई बदाम, दुध र घाँस खान दिने गरेको अली बताउँछन् । – एजेन्सी
Published : Friday, 2017 September 8, 6:49 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
यसमा तपाइको मत