कांग्रेस धनुषाले १२ तहमा उम्मेदवार तोक्यो

धनुषा । असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस धनुषाले वटा १८ मध्ये १२ वटा स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ ।
एक उपमहानगरपालिकासहित १८ वटा स्थानीय तह रहेको धनुषामा १२ वटामा टुंगो लगाइसकेको र सोमबार दिउँसोसम्म जिल्लाको सबै स्थानीय तहको टुंगो लागिसक्ने जिल्ला सभापति रामसरोज यादवले जानकारी दिए ।
धनुषा सभापति यादवका अनुसार जनकपुर उपमहानगरपालिकाको प्रमुखमा मनोज साह र उपप्रमुखमा निलम कर्ण, क्षिरेश्वरनाथ नगरपालिकाको प्रमुखमा योगेन्द्र पजियार (जोगी) र उपप्रमुखमा रचना माथेमा, नगराईन नगरपालिकाको प्रमुखमा प्रमेश्वर यादव र उपप्रमुखमा रञ्जुदेवी साह, विदेह नगरपालिकाको प्रमुखमा प्रेमचन्द्र झा र उपप्रमुखमा हीरादेवी सहनी, धनुषाधाम नगरपालिकाको प्रमुखमा बालेश्वर मण्डल र उपप्रमुखमा विद्यादेवी भुजेल, सबैला नगरपालिकाको प्रमुखमा विजयशंकर साह र उपप्रमुखमा बबितादेवी साह उम्मेदवार चयन भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
यसमा तपाइको मत