विश्वकपको युरोपेली छनौटमा जर्मनी र इंगल्याण्डको विजयी सुरुवात

लन्डन । सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलको युरोपेली छनोटमा विश्व विजेता जर्मनी र इंगल्याण्ड विजयी भएका छन् । शनिबार राति भएको समूह ‘सी’को अवे खेलमा जर्मनीले चेक रिपव्लिकलाई २–१ ले हरायो । इंगल्याण्डले समूह एफमा माल्टालाई ४–० लेसहजै पराजित गर्‍यो ।

जर्मनीलाई जित दिलाउन टिमो वेनर रम्याट हुमल्सले १–१ गोल गरे । चेकका लागि भ्लादिमिर डमरिडाले एक गोल गरे ।

समूहको अन्य खेलमा उत्तरी आयरल्याण्डले सान मारिनोलाई ३–० तथा नर्वेले अजरवैजानलाई २–० ले हराएको छ । ७ खेलपछि २१ अंक जोडेको जर्मनी समूहको शीर्ष स्थानमा छ भने उत्तरी आयरल्याण्ड १६ अंकाका साथ दोस्रोमा छ ।

इंगल्याणडले अवे मैदानमा एकपक्षिय जित निकाल्दा चार फरक खेलाडीले गोल गरे । थ्री लायन्सका लागि ह्याहरी केनले २ तथा राएन बरटाण्ड र ड्यानी वेलब्याकले१–१ गोल गरे । यसै समूहमा स्कटल्याण्डले लिथुवनियालाई ३–० ले हरायो । स्लोभाकियाले स्लोभेनियालाई १–० ले पराजित गर्‍यो ।

यसैगरी समूह ‘ई’मा डेनमार्कले पोल्याण्डमाथि ४–० को शानदार जित निकालेको छ । घरेलु मैदानमा डेनमार्कलाई जिताउन थोमस डलाने आन्द्रे कोर्नेलस, निकोलाइ जर्जेनसन र क्रिस्टियन एरिक्सनले गोल गोल गरे । यस समूहको अन्य खेलमा रोमानियाले अर्मेनियालाज्ञ १–० तथा मोन्टेनेगेरोले कजाखस्थानलाई ३–० ले हरायो ।

डेनमार्कसँग हारेपनि ७ खेलबाट १६ अंक जोडेको पोल्याण्ड अंक तालिकामा शीर्ष स्थानमा छ भने १३ अकका साथ मोन्टेनेग्रो दोस्रोमा छ । १३ अंक नै रहेको डेनमार्क गोल अन्तरमा पछि पर्दै तेस्रोमा छ । – एजेन्सी

Published : Saturday, 2017 September 2, 10:51 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया