कांग्रेस नेताको छोराको रौतहटमा गोली हानी हत्या

रौतहट । रौतहट जिल्लाको परोहा नगरपालिका– २ का वडा अध्यक्षका पराजित उम्मेदवार मौलना सेराजुदिनका छोराको गोली हानी हत्या भएको छ ।

पोरोहा २, जिंगडवा, बेलविक्षवास्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा सोमबार बिहान साढे ३ बजे अबु स्वयब अकवरको गोली हानी हत्या भएको हो ।

अरिचित समूहले अकवरलाई पेस्तोलले गोली हानेर भागेको थियो । छातीमा गोली लागेका उनी छटपटिन थालेपछि तत्काल जिल्ला अस्पताल गौरतर्फ लगिएको थियो । उनको बिहान करिब ४ बजे बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गर्मीका कारण बरन्डामा चार पाँच जना साथीसँग सुतिरहेको अवस्थामा अपरिचित समूहले गोली हानेको थियो । किन गोली चलाएको खुल्न सकेको छैन । पेस्तोलबाट गोली हानेर आक्रमणकारी समूह भागेको थियो । उनको छातीमा दुई गोली लागेका छन् ।

घटनास्थल पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको छ । घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक झाका अनुसार व्यक्तिगत रिसइबीका कारण घटना भएको हुनसक्ने प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

केही दिन अघि घोषित स्थानीय तहको निर्वाचन मतपरिणाममा वडा अध्यक्षमा माओवादी केन्द्रले जितेको थियो । मेयर उपमेयरमा कांग्रेसले जितेको थियो ।

Published : Monday, 2017 September 25, 10:11 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया