देउखुरीमा निशालाई खुकुरी प्रहार

लमही । दाङ जिल्लाको देउखुरी उपत्यकामा पतिले पत्नीको हत्या प्रयास गरेका छन् ।
राजपुर गाउँपालिका वडा नं. १ माररी खोलामा डोलबहादुर विकले पत्नी निशा सुनारलाई खुकुरी प्रहार गरेका हुन् । डोलबहादुरले पत्नीलाई आइतबार साँझ टाउकोमा खुकुरी प्रहार गरेका हुन् ।
घर झगडाका क्रममा आवेगमा आएका २६ वर्षीय डोलबहादुरले आफ्नी पत्नी २२ वर्षीया निशालाई टाउकोमा खुकुरी प्रहार गरेको लमही प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट गम्भीर घाइते निशाको लमहीस्थित अस्पतालमा उपचार भइरहेको छ ।
उता, राजपुर गाउँपालिका वडा नं. १ ताउलेमा ३५ वर्षीय मौसरा बुढाको हत्या भएको छ । पति नन्दबहादुर बुढाले असोज ६ गते दिउँसो करिव २ बजे धारिलो हतियार प्रहार गरी पत्नीको हत्या गरेका हुन् ।
श्रीमतीको हत्यापछि फरार भएका नन्दबहादुरलाई प्रहरीले घोराही उपमहानगरपालिका १५ बाट असोज ८ गते पक्राउ गरेको जनाएको छ । मौसरा बुढाको शव घरभित्रै फेला परेको प्रहरी भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत